झापा, कार्तिक ९ गते । रातो तारा डट कम,
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाइ सम्पन्न गर्न झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित पाँचओटा अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि झापा जिल्ला अदालतका जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले विहीवार एक कार्यक्रमकाविच निर्वाचन अधिकृतको कार्यालयहरु स्थापनाको उद्घाटन गरेका हुन् ।
कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत रेग्मीले एक्लो प्रयासले केहिपनि नहुने भएकोले राजनैतिक दल,राष्ट्रसेवक कर्मचारी लगायतको सहयोगवाट सम्भव हुने भएकोले सवैको साथ अनिवार्य रहेको प्रष्ट पारे । निर्वाचनलाइ सफल पारी झापालाइ उत्कृष्ठ नमुना जिल्लाको रुपमा कार्य गर्नका लागि अपेक्षा राखिएको बताए ।
काँडेतारको बार लगाएर निर्वाचन सम्पन्न गर्नुनपरोस भन्ने उनको धारणा थियो । सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पत्रकारलाइ समयमा सूचना प्रवाह गर्ननसकिएको स्मरण गराउदै रेग्मीले आउदो निर्वाचनमा त्यस्तो नहुने बताएका छन् ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले औचित्यमाथि प्रकाश पारेका थिए आयोगले असोज १९ गतेदेखि लागु हुने गरी तोकिएका निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाइएको छ । जिल्ला न्यायाधीस रेग्मीलाई निर्वाचन आयोगले मुख्य निर्वाचन कार्यालयको जिम्मेवारी प्रदान गरेको छ ।
न्यायाधीस रेग्मीले झापा क्षेत्र नम्बर ३ को सम्पूर्ण जिम्मेबारी हेर्नुका साथै बाँकी चारवटा निर्वाचन अधिकृतलाई सहजिकरण गर्नेछन् ।
Post a Comment