मोहन कुमार राई-कार्तिक ९ गते । रातो तारा डट कम,
संखुवासभा- निर्वाचन क्षेत्र नं २ स्थित चैनपुरमा नेपाली काँग्रेस क्षेत्रीय समितिले आफना कार्यकर्तालाई चुनाव प्रचारप्रसार लक्षीत गरी गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
चैनपुरको दिलकुमारी स्मृती सभाभवनमा भएको सो कार्यक्रममा पार्टी महाधिवेसन प्रतिनिधि कुमार बाबु अधिकारी, पार्टीका पूर्व जिल्ला सचिव थीरबहादुर राई, पूर्व जिल्ला शिक्षक संघ अध्यक्ष चहक भण्डारी, लगायतले प्रशिण दिनुभएको क्षेत्रीय कार्यसमिति चैनपुरले जनाएको थियो ।
निर्वाचन प्रचारप्रसार समिति संयोजक एवं महासमिति सदस्य शंकरमान कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संखुवासभा जिल्ला प्रदेश २ (ख) को प्रत्यक्ष उमेदवार एवं नेपाली काँग्रेस क्षेत्रीय सभापति दिपक कुमार लिम्वू, महासमिति सदस्य ज्ञानबहादु्र कार्की लगायतले नेपाली काँग्रेसलाई विजयी गराउन सबै कार्यकर्ताहरु सक्रिय रुपमा लाग्नुपर्ने वताउनुभएको थियो ।
यसै गरी नेपाल महिला संघ जिल्ला कार्यसमितिले संखुवासभा जिल्लाका सबै गाउ वस्तीमा महिलाहरु परिचालन गरि संठन विस्तारमा लाग्ने निर्णयका साथ १० वटै स्थानीय तहमा पार्टीले उप–प्रमुख तथा अध्यक्ष उमेदवार दिएका नेतृत्वलाई परिचालन गर्ने निर्णय गर्दै महिला संघका जिल्ला अध्यक्ष निरु वस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
यसै गरी नेपाली काँग्रेस खाँदवारी नगर समन्वय सममितिको वृहत भेला आयोजना गरी छत्रमणि काफ्लेको संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरि पार्टीका उमेदवारहरुलाई वडा, तह, गाउवस्ती सम्म पु¥याउने कार्यक्रम तय गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस संखुवासभाका प्रतिनिधिसभाका उमेदवार दीपक खड्का र प्रदेश सभा १ (क) का उमेदवार टंक प्रसाद राईले जिल्लाका उत्तरी क्षेत्रका गाउँपालिकाहरुमा चुनाव प्रचारप्रसार कार्यक्रमलाई तिव्रता दिएका छन् ।
यता कम्युनिष्ठ बाम गठबन्धनले भने आफ्ना साझा उमेदवारहरुलाई जिताउन भन्दै जिल्ला स्तरीय बैठक एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको छ ।
Post a Comment