(फोटो फायलबाट)
झापा असोज १५ गते । रातो तारा डट कम,
झापाको कन्काई ४ टेक्रामा अज्ञात रोगका कारण दुई जनाको मृत्यु भएको छ । अन्य सात जना सिकिस्त छन् । मृत्यु हुनेमा २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेवछन्।
बिरामी परेका अन्यलाई आइतबार दिउँसो कन्काई नगरका मेयर राजेन्द्र पोखरेलसहितको टोलीले भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्याएको छ । मेयर पोखरेलका अनुसार अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरेको छ ।
दशैंका बेला रोग फैलिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । सुरुंगा बजारदेखि चार किलोमिटर दक्षिणमा पर्छ, टेक्राको मुसहर बस्ती । रोगका कारण नारायणको पाँच दिनअघि तथा वसन्तीको गएराति ज्यान गएको हो ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यसबारे जानकारी नभएको बताए । जिल्ला जनस्वास्थ्य प्रमुख मधुसुदन कोइराला सम्पर्कमा आएनन् ।

Post a Comment