रबिन्द्र बराल रंगेली,माेरङ असाेज १९ गते । बिहीबार,
रातो तारा डट कम,नेपाली हरुकाे दाेस्राे चाड तिहार नजिकिदै जाँदा प्रहरीले सीमावर्ती नाकामा थप कडाई गरेको छ ।
तिहार तथा छठ पर्व काे लागि तस्कर हरुले पटका जन्य बस्तु हरु व्यापारीले अहिले दिन प्रतिदिन नेपाल भित्र्याउन सकृय रहेका छन । ईलाका प्रहरी कार्यलयले रंगेली १५ दिन भीत्र यस क्षेत्रबाट नेपाल भीत्र्याउन लागेको १ लाख ५० हजार रुपैया बराबरको पटका नष्ट गरेकाे छ ।
माेरङकाे रंगेली नगरपालिका ४ स्थित अामताेला चाेक बाट बुधबार राति अबैध रुपमा नेपाल भीत्र्याउन लागेकाे ७५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पट्का बरामद गरेकाे हाे । बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ ।
स्थानीय,बुद्धिजीवी,लगायतको राेहवरमा खाल्डोमा उक्त पट्का नष्ट गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।
Post a Comment