बिराटनगर,कार्तिक ९ गते । रातो तारा डट कम, प्रदेश र सघीय निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बिराटनगरको बीरेन्द्र सभागृहमा आज एक समाहोहका बीच प्रमुख निर्वाचन अधिकृत रामकुमार खतिवडाले उदघाटन गर्नु भएकोछ ।
उदघाटन कार्याक्रम पछि माननीय मोरङ जिल्ला न्याधीश तथा प्रमुख निर्वाचन अधिकृत रामकुमार खतिवडाले आफनो पदभार ग्रहण गर्दै, सरकारले घोषणा गरेको मंगसिर २१ गतेको निर्वाच भव्य र सव्य तरिकाले सबै क्षेको सहयोगमा सम्पन्न गर्न सबै क्षेत्रको सहयोग चाहिने भएकाले सबैको सहयोगको अपेक्षा राखेकोछु भन्नु भयो ।
१ देखि ६ नम्वर सम्मका निर्वाचन अधिकृतका कार्यालयहरु बिराटनगरकै जिल्ला प्रसाशन कार्यालयको पेरी फेरीमा खोलिएको र ६ नम्वर क्षेत्र प्रमुख निर्वाचन अधिकृत आफैले हेर्ने बाँकी कार्यालय आजैका मितिबाट खोलिएको घोषणा गर्नु भयो ।
कार्याक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्याले चुनाव सफल बनाउन हामिले तीन फेजमा पूर्वतयारी गर्न जरुरी हुने भएकाले यसमा सबैको सहयोग आवश्यक पर्छ भन्नु भयो ।
देशको राजधानी भन्दा पनि बढी मतदाता मोरगमा रहेकाले सुरक्षा चुनौति जस्तो भए पनि सुरक्षाको राम्रो प्रबन्ध हुने छ र सबैले आफनो क्षेत्रको मतदान केन्द्र सम्म गएर ढुक्क भएर मतदान गर्न आवाहन समेत गर्नु भयो ।
सुरक्षा निकायहरुलाई सम्वोधन गर्दै निर्वाचन अगि पछि वा बिजय भए पछि पनि उम्मेदवार मतदाता सर्वसाधारणको सुरक्षामा ध्यान पु¥याउन भन्नु भएकोछ ।
क्षेत्रीय निर्वाचन अधिकृत प्रेम प्रसाद संन्जेलले सबै उपस्थित महानुभावहरुलाई सम्वोधन गर्दै निर्वाचन सफल बनाउन सबैको सहयोग अपेक्षे गरिएकाले आफना क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नु भयो ।
त्यसैगरी छवट्टै क्षेत्रका निर्वाचन अधिकृत तीनै प्रकारका सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकार कर्मचारी सबैलाई सम्वोधन गर्दै,निर्वाचनमा आचारसहिताको पुर्ण पालना गर्न गराउन, सुचना आदान प्रदान गर्न संन्जेलले आवाहन गर्नु भयो । कार्याक्रमको सजिकरण प्रेम प्रसाद संन्जेलले गर्नु भएको थियो ।
Post a Comment