रबिन्द्र बराल रंगेली,माेरङ कातिक २१ मंगलवार
माेरङकाे पथरीशनिश्चरेमा रहेकाे पुर्व राष्ट्रय सेवकहरुकाे सस्थाले अाफ्नाे तेस्राे चुनावि साधारण सभा सम्पन्न गरेकाे
छ । २०६६ सालमा स्थापना भएकाे सस्थाकाे चन्द्रकुमार केसीकाे सभापतित्वमा सभा सम्पन्न भएकाे थियाे भने उद्घघाटन प्रमुख अतिथी माेरङ जिल्ला अध्यक्ष राजेन्द्रकुमार पाैडे्लले गर्नुभएकाे थियाे । उक्त सस्थाले अाफ्नाे कार्य क्षेत्र भित्र रहेका पुर्व राष्ट्र सेवककाे हक हितमा काम गर्दै अाएकाे
छ । सस्थामा पथरीशनिश्चरे, हसन्दह,अमरदह र कानेपाेखरी भित्र रहेका पुर्व राष्ट सेवक रहेका छन ।
उक्त सस्थाले भुम्प पिडित, दैबिक प्रकाेप, वाढि पिडित तथा किड्नी फेल भएका बिरामीहरसमा सहयाेग गर्दै अाएकाे छ भने सस्थामा अबद्घ सदस्यकाे परिवारमा समबेदना प्रकट गर्ने गरेकाे छ । कार्यक्रममा जेष्ठ सदस्य राम बहादुर लिम्बू र कार्य समिती सचिव तिलक बहादुर श्रेष्ठलाई सम्मान गरेकाे छ । सस्थामा २ जना संरक्षक र १०१ जना अाजिवन सदस्य रहेका छन भने ६९ जना साधारण सदस्य रहेकाे छ ।
संस्थामा अयतर्फ १ लाख २६ हजार २ सय ५९ रुपयाँ ४१ पैसा रहेकाे छ त्यस्तै ४० हजार लगानि, १९ हजार ७ सय १ रुपयाँ बैक माैजदात र ६५ हजार ९ सय ५८ रुपयाँ सस्थाकाे खर्च गरेकाे प्रतिबेदनमा अध्यक्ष चन्द्रकुमार केसीले प्रस्तुत गर्नु भयाे ।
उक्त भेलाले पुरानाे कार्य समिती बिगठन गरि नयाँ कार्य समिती चयन गरेकाे छ । नयाँ कार्यसमितीमा बिष्णु कुमारी बस्नेत बिष्ट अध्यक्ष,मान बहादुर थापा उपाध्यक्ष, तिलक श्रेष्ट सचिव र कुमार बस्नेत काेषाध्यक्ष रहेका छन ।
उक्त साधरण सभामा सेवा निवृत राष्ट्रसेवक समाज नेपनलका कृष्ण प्रसाद घिमिरे, कुल प्रसाद भट्टराई, भैरव कार्की र नरहाङ राईकाे उपस्थिती रहेकाे थियाे ।
Post a Comment