Websoft University

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने–नेता आचार्य


विराटनगर,कात्तिक २० गते। रातो तारा डट कम,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।

मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ नेपाली कांग्रेस अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको निमार्णको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि
पहल गर्ने , विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताउनुभयो ।

अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नंं–२ का उम्मेदवार डा मीनेन्द्र रिजालले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसको नेतृत्वमा समृृद्धि र अभियान’ मूलनाराका साथ काँग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गर्नुभयो । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली काँग्रेस रहेको भन्दै उहाँले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बूले आफुले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउन बिराटनगर रंगेली उर्लाबारी तररा समेत जोढेर इटहरी बिराटनगर रिङ रोडको अबधारणा अगि सार्ने बताएका छन।

त्यसैगरी क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस् पहल गर्ने प्रतिबद्धता
प्रकट गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.