शिव भट्टराई - इटहरी कार्तिक १९ गते । रातो तारा डट कम,
दिनेश कुमार भट्टराईको अध्यक्षतामा १६सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २०औँ साधारण सभा सम्पन्न भएको छ।
नवगठित कार्यसमितीको उपाध्यक्षमा शान्तिराम खनाल चयन हुनुभएको छ। यस्तै समितीको सचिवमा किशोरराज सापकोटा चयन हुनुभएको छ। यसैगरी सदस्यहरुमा थानेश्वर ढकाल, देवीप्रसाद आचार्य, लेखनाथ भट्टराई, गौरीशंकर तामाङ्ग, पदमप्रसाद बिमली, पूर्णबहादुर तामाङ्ग, पुण्यप्रसाद सापकोटा, भिमा कुमारी राउत खड्का, टिकादेवी पौडेल, मिथीला पोख्रेल चयन हुनुभएको छ।
यस्तै लेखा संयोजकमा गणेश कुमार दुलाल र लेखा सदस्यमा राजु दंगाल र नगेन्द्र अधिकारी चयन हुनुभएको छ। निर्विरोध निर्वाचितहरुलाई प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो।
Post a Comment