युवराज ठकुरी/सिंहदेवी,मोरङ कार्तिक १८ गते ।
रातो तारा डट कम,चौविसे गाउँपालिका-८,धनकुटा समेवामा स्थापित गौरव युवाक्लबले २०७४ तिहारको अबसरमा आयोजना गरिएको सास्कृतिक तथा देउसीभैलो कार्यक्रमको समापन एक सास्कृतिक कार्यक्रम गरि भव्यताका साथ सप्पन्न गरेको छ।
सास्कृतिक तथा देउसीभैलो समापन कार्यक्रममा गौरव युवाक्लबका कलाकारहरुले तिहारै आयो लौ झिलिमिली,आकाशैको कालो बादल, सुर्केथैली खै?छाया लाग्दै छाया लाग्दै,भन्छ्न कोही जिन्दगी यो,उकाली जानू के मरि लानु,सुर्खेतको बुलबुले ताल लगायत एक दर्जन गीतहरुमा लोभलाग्दो नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा युवराज ठकुरी र राजेश किरातीले गजल,स्थानीय गायक गोबिन्द खड्काले मुक्तक र जीवन लिम्बूले गीतद्वारा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।कार्यक्रममा क्लबका सचिब रेवत बिष्टले स्वागत मन्तव्य तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
२०७२सालमा स्थापना गरेर विभिन्न कार्यक्रम गर्दै लुकेर रहेका प्रतिभाहरुको उजागर गर्ने तथा गाउँविकास,समाज रुपान्तरणको अभियानका साथ सुरु गरिएको क्लबले यो वर्ष मोरङ जिल्लाका विभिन्न छिमेकी गाउँपालिकाहरुमा सास्कृतिक कार्यक्रम लिएर गएको संस्थाका सचिब रेवत विष्टले बताए ।
संस्था निमित्त अध्यक्ष चन्द्र तामाङको सभपतित्व र टेकबीर लिम्बूले सन्चालन गरेको कार्यक्रममा चौविसे गाउँपालिका-८,का वडाध्यक्ष धनप्रसाद खजुम प्रमुख अथिती रहेका थिए।
विशेष अतिथिहरु केराबारी गाउँपालिका-२सिंहदेवीका वडाध्यक्ष प्रेमबहादुर लिम्बू, सिंहदेवी माविका प्रअ गजेन्द्र लिम्बू,केराबारी गाउँपालिका-२का वडा सचिब रन्जित बुढाथोकी,ठाडा गाउँ प्राविका प्रअ मनप्रसाद मगर ,फाइट साप्ताहिक र रातोतारा डटकमका युवराज ठकुरी,कल्याणकारी माविका राजेश लिम्बू,छबिरमण पौडेल क्लबका सल्लाहकार देवेन्द्र लिम्बू,टङ्क लिम्बू गायक गोबिन्द खड्का,कमल खड्का राजु खड्का,देवी लिम्बू लगायत विभिन्न संघ सस्थागत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका कलाकारहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियोे ।
Post a Comment