Websoft University

तेह्रथुममा बाम गठवन्धनले चुनाव प्रचार प्रसारलाई तीव्रता दिदै

तेह्रथुम, मंगसीर ७ गते । रातो तारा डट कम,तेह्रथुममा बाम गठवन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठवन्धनलाई जिताउनुका लागि उम्मेदवारहरु संगठन, परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् ।

जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म गठवन्धनका सबै संगठन समितिहरु निर्माण गर्दे चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको चुनाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिनले बताउनुभयो । निर्वाचन प्रचार प्रशारको क्रममा तेह्रथुमको म्यान्छेयेम गाउपालिका श्रीजुङ्गमा आज बाम गठवन्धनको संयुक्त चुनावी सभा सम्पन्न भएको छ ।

 सभामा नेकपा एमाले प्रत्यक्ष तर्फका उम्मेदवार भवानी खापुङ्गले बाम गठवन्धनको जितले मात्र मेन्छ्यायेम गाउँपालिकामा विकासको लहर ल्याउने बताउदै सुर्य चिन्हमा भोट दिई अध्याधिक मतले विजय गराउन आग्रह गर्नुभयो ।

 कार्यक्रममा चुनाव परिचालन कमिटि संयोजक दुर्गाप्रसाद चापागाई सचिन, एमालेका किशोरचन्द्र दुलाल, विष्णुमाया विक, जीआर श्रेष्ठ, विश्वराज खापुङ्ग, केशव भट्टराई माओवादी केन्द्रका तारा भट्टराई, दधिराम पन्धाक, डम्वर पन्धाकले बाम गठवन्धनको जितले मात्र तेह्रथुममा आमुल परिर्वन हुने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता संयुक्तबाम गठवन्धनका संयोजक नेत्र पन्धाकको अध्यक्षतामा सम्पन्न भएको अभियान टोलीका सदस्य कृष्ण प्रसाद खापुङ्गले बताउनुभयो ।
यसै गरि निर्वाचन प्रचार प्रशारको क्रममा  लालीगुराँस नगरपालिकाको मुसाङखेलमा वाम गठवन्धनको संयुक्त चुनावी भेला सम्पन्न भएको छ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनलाई लक्षीत गरी बाम गठवन्धनले उमेदवार सहितको संयुक्त चुनावी भेलाको आयोजना गरेको हो । भेलालाई सम्वोधन गर्र्दै प्रदेशसभा क्षेत्र नम्वर १ का उमेदवार लक्ष्मण तिवारीले बाम गठवन्धनको जीत भएमा राजनीतिक स्थायित्व, संविधानसभा कार्यान्वयन गर्दै जिल्लामा भएका कृषि, पर्यटन, पुर्वाधार विकास, सडक, विद्यूत लगायतको विकास हुने वताउनु भयो ।

स्थानीय स्रोत साधनको उपयोग गरी मुसाङखेल सहित तेह्रथुम जिल्लाको, शिक्षँ, स्वास्थ्य, खानेपानी जस्ता पुर्वाधारको विकास गरी  जिल्लालाई आमुल परीवर्तन गर्ने योजनामा आफु र बामगठवन्धन रहेको बताउदै आफूलाई सुर्य चिन्हमा भोट दिई जिताउन उमेदवार तिवारीले अनुरोध गर्नुभयो ।

भेलालाई प्रदेशसभाका समानुपातिक उमेदवार अनुभुतीबम नेपाली, बाम गठवन्धनका नेताहरु देवेन्द्र थापा, राजकुमार कार्की, दिलु सेने, कमल केशी, सल वहादुर तिवारी लगायतका नेताहरुले बाम गठवन्धनको जितले मात्र समग्र तेह्रथुम जिल्लाको विकास हुने भएकाले सुर्य चिन्हमा भोट दिई बामगठवन्धनका उमेदवारलाई जिताउन अनुरोध गर्नुभयो ।

 यसै गरि तेह्रथुमको आठराई गाउँपालिका सक्रान्तिको डाँडागाउँमा बाम गठवन्धनले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्वर २ का उम्मेदवार तेजमान कन्दङ्गवा, प्रतिनिधि सभा समानुपातिक उमेदवार सुसिला कन्दङ्गवाले बाम गठवन्धनको जितले मात्र सवै जातजाती, भाषा, धर्म र सस्कृति प्रति सम्मान हुने बताउनु
भयो ।

कार्यक्रममा आठराई गाउँपालिकाका अध्यक्ष विष्णु विक्रम शुब्वा, एमालेका रामचन्द्र थपलिया, बाबुराम थापा, भिम घिमिरे माओवादी केन्द्रका चिन्तन बराल लगायतले सुसासन र सदाचारको लागि बाम गठवन्धनको जीत आवश्यक रहेको बताउनुभयो । यसै गरि तेह्रथुमको म्याङलुङ्गमा बामगठवन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

 कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष संजय तुम्वाहाम्फे, सचिव शिव ढुङ्गाना, उपसिचव भुपतिलाल श्रेष्ठ, एमालेका छत्र रिमाल, अर्जुन ढुङ्गाना, ईन्द्र दुम्वाहाम्फे, सम्भु तुम्वाहाम्फे, अधिबक्ता डिक वहादुर कार्की, अपाङ्ग तथा पुनस्थापना केन्द्र तेह्रथुमका अध्यक्ष डोलेश्वर गड्तौला लगायतका महानुभावहरुले गठवन्धनको जितले मात्र देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा डोर्याउने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.