शिव भट्टराई - इटहरी कार्तिक १७ गते ।
रातो तारा डट कम,पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लि.को २०औ बार्षिक साधारणसभा शुक्रबार ईटहरी-१ सुनसरीमा सम्पन्न भएको छ।
इटहरी उपमहानगरपालिकाकी उप मेयर लक्षमी गौतमले आफना भनाइहरू राख्दै सहकारीले आगामी दिनमा राम्रो काम गरोस् भन्ने सफलताको शुभकामना दिनु भयो। त्यसैगरी उपाध्यक्ष दिनेश कुमार भट्टाराई लगायतका वक्ताहरूले पनि बोल्नु भएको थियो।
कार्यक्रम इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको साधारणसभामा सहकारी संस्थाका अध्यक्ष बेनु प्रसाद सिटौलाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो।
सहकारीका लेखा संयोजक गणेश दुलालले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभयो । यस संस्थाले अहिले सम्म जम्मा १०५१ जना शेयर सदस्य बनाउन सफल भएको बताइएको थियो थियो।
सहकारीले बिभिन्न सामाजिक तथा आर्थिक काम गर्दै आएको कुरा संस्थाका अध्यक्ष बेनु सिटौलाले बताउनु भएकोछ ।
साधारणसभामा नियमित बचत कर्ता तथा एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरूलाई पुरस्कृत गरियो । संस्थाका सचिब शान्तिराम खनालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
पूर्वाञ्चल बचत तथा ऋण सहकारीको २०औ साधारणसभाका अध्यक्षय बेनु सिटौलाको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Post a Comment