Websoft University

आचारसंहिता संम्वन्धि छलफल कार्यक्रम सम्पन्न


बिराटनगर,कार्तिक २३ गते । रातो तारा डट कम,प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको कार्यन्वयनको प्रयोजनका लागि राजनैतिक दलका पदाधिकारीहरु संग छलफल तथा अन्तरकृया कार्यक्रम आज जिल्ला शिक्षा कार्यलय मोरङले आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, मोरङका प्रमुख जिल्ला न्यायधीश तथा प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले व्यानर पढेर उदघाटन गर्नु भएको थियो । खतिवडाले निर्वाचन व्यावस्थापन र आचारसंहिको पालनाका बिषयमा कुरा उठाउनु हुदै यो निर्वाचनमा सबैले आफनो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिनु भएकोछ ।

बिषेश गरेर जिल्ला समनय समिति र शिक्षा क्षेत्र अन्तरगत निजि बिधालय,सरकारी बिधालय कलेज सन्चालकहरु,सुरक्षा कर्मी सन्चार कर्मीहरु,राजनैतिक दलआवद्घ महानुभावहरुलाई आचारसंहिताको पुर्ण पालना गर्दै, निर्वाचन बुथ हरुमा हुने कमि कमजोरिलाई राम्रो व्यावस्थापन गरि मिलाई दिन अनुरोध गर्नु भएकोछ ।

अहिले मोरङमा ६ हजार कर्मचारीहरु खटेका र अव त्यतिनै कर्मचारी व्यावस्थापन गर्नु पर्ने भएकाले शिक्षा कार्यालयलाई अनुरोध गर्नु भएकोछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अहिलेको यो निर्वाचन अरु निर्वाचन भन्दा भिनै जस्तो भए पनि यसलाइ सफल पार्न हामी सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगरियोस भन्दै,आचारसंहिताको सबैले पालना गर्दै निर्वाचनमा सहयोग गर्न अनुरोध गर्नु भयो । आजैबाट निर्वाचन प्रशिक्षण तालिम सुरु भएको ले त्यो तालिमबाट राम्रो ज्ञान हासिल गरेर प्रचार प्रसार राम्रो हुनेमा आफु बिश्वस्त रहेकोछु भन्नुहुदै,निर्वाचन सहयोगका लागि प्रशासन सधै प्रतिबद्घ रहेका बताउनु भयो ।

छलफल कार्यक्रममा राजनैतिक नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल आचारसहिताको पालना राम्रो संग हुनु पर्छ अहिले सरकारले आचारसंहिताको व्यापक उल्घन गरेकाले त्यसको पाटीकै तर्फबाट म घोर भत्सर्ना गर्दछु भन्नु भयो ।

नेपाली कांग्रेसका प्रतिनिधि रमनाथ भट्टराई, नेकपा माओवादीका प्रतिनिधि लगाएत अन्य पाटी आबद्घ प्रतिनिधिहरुले आचारसंहिको पुर्ण पालनाको बारेमा कुरा राखेका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेलले आफना भनाइ राख्दै, बिगतको अनुभवमा जहा स्कुलहरुमा बुथ थिए त्यस ठाउँमा भौतिक कठीनाइ देखा परेकाले अव हुने निर्वाचनमा सुधार हुनु पर्छ भन्नु भयो ।

क्षेत्रीय निर्वाचन कार्यलय मोरङका निर्वाचन अधिकृत प्रेम प्रसाद संन्जेल सबैका कुरा आइसके पछि, जवाफ दिदै,भन्नु भयो निर्वाचनका बेला निर्वाचनलाई प्रभाव पर्ने कुनै किसिमको गतिबिधि प्रचार प्रसार प्रकाशन दुरुपयोग जस्ता कामहरु कसैले पनि नगरिदिनु हुन अनुरोध गर्नु भयो ।

अहिले आयोगमा आचारसहिता उल्घन भएको उजुरीको चाङनै लागिसकेकाले त्यसो नर्ग अनुरोध गर्नु भयो ।

हामीले अनुरोध गर्ने हो अटेर गरे आयोग हर्कत देखाउदा तपाइहरुलाई नै नोक्सान हुने भएकाले सचेत भएर निर्वाचन आचारसहिताको पालना गर्न आग्रह गर्छु, यस कार्यक्रममा ६ वटै क्षेत्रका निर्वाचन अधिकृतहरुको उपस्थिती रहेकाले नबुजेका वहाहरुबाट बुइन सकिो भन्दै,निर्वाचन क्षेत्रहरुमा राजनीतिक पाटी लगाएत सबैले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु भन्नु भयो ।

जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले आफना भनाइ राख्दै,हामीले सहयोगी कार्यकर्ता पठाइसेको र अव ३९७ निजी बोर्डिङ,५ भन्दा बढी सरकारी बिधालय रहेकाछन ।

त्यसैगरी शिक्षा अधिकारीले भन्नु भयो अपुग जनशक्ति आबश्यक परे पुरताल गर्न र निर्वाचन हुने ठाउँहरुमा सकिने सम्मको बिधालयमा सुधार गरि निर्वाचनलाई सहयोग गर्न आफु तयार रहेको बताउनु भएकोछ ।

जिल्ला समन्वय समिमिति मोरङका शोभाकर रेग्मीले पनि आफना धारणहरु राख्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले सबैको सहयोगको अपेक्षा गर्दै अफट्यारो परेका निर्वाचन केन्द्रहरुलाई एक अर्कामा तानेर वा सारेर पनि सहज गर्न सकिने कुरा बताउनु भएकोछ ।

कार्यक्रममा साहेक जि अ दिव्यराज कट्टेलले स्वागत मनत्व्य
दिनु भएको थियो भने, उप जिल्ला शिक्षा अधिकारी नीलमणी खनालले उदघोषण गर्नु भएको थियो ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.