Websoft University

निर्वाचन ऐतिहासिक हुने: प्रमुख निर्वाचन आयुक्त


चौतारा, कात्तिक २२ गते । रातो तारा डट कम,
 प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुन गइरहेकाले यो निर्वाचन विशेष किसिमको हुनुका साथै ऐतिहासिक भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा। यादवले आज सिन्धुपाल्चोकको चौतारामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण व्यवस्था भइसकेको उल्लेख गर्दै सुरक्षा निकायले आफ्नो कार्यविधि बनाएर अघि बढ्ने हुँदा मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने बताउनुभयो ।

निर्वाचनसम्बन्धी ६७ किसिमका सामग्री जिल्लामा पठाउनुपर्ने भएकाले केही पठाइसकिएको र बाँकी पनि चाँडै नै पठाइने बताउनुभयो । यसअघि जिल्ला निर्वाचन र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनसम्बन्धी सामग्रीको निरीक्षणसमेत गर्नुभएको थियो ।

त्यसैगरी उहाँले जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाच्न शान्तिपूर्वक ढंगले सम्पन्न गराउन र आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन निर्देशन दिनुभएको थियो ।

जिल्लामा १४४ मतदानस्थलमा १८५ केृन्द्र कायम गरिएको र ३१ केन्द्र संवेदनशील भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो ।

सो अवसरमा मतदाता शिक्षकहरुलाई आगामी २५ गतेबाट प्रत्येक वडामा पठाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिदनुभयो । प्रतिनिधि सभा २ र चार प्रदेश सभा रहेको जिल्लामा कुल दुई लाख २६ हजार ५४० मतदाता रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.