विराटनगर, मंगसीर ६ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नम्बर २ अन्तर्गत रतुवामाई नगरपालिकाको झुर्किया स्थित डोरियामा विभिन्न पार्टी परित्याग गरि डेढ सय बढी कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।
डोरीयामा आयोजित घरदैलो कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा पार्टी परित्याग गरि १ सय ५३ जना बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
नव प्रवेशिलाई मोरङ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेस पोखरेल र प्रदेशसभा सदस्य क का उम्मेदवार गणेश उपे्रतिले टिका र अविर लगाई स्वागत गरेका छन् ।
नव प्रवेशीहरुले कांग्रेस पार्टीले सँधै जनतालाई धोका दिदै आएको र भ्रममा पार्ने गरेकाले वाक्क दिक्क भएर बाम गठबन्धनमा प्रवेश गरेको बताएका छन् ।
उनीहरुले कांग्रेसले सथानिय पार्टी कार्यकर्तालाई उम्मेदवार बनाउन छाडेर साटो ‘टुरिष्ट‘ लाई उम्मेदवार बनाएर जिम्दारि देखाउन खोजेकाले आफुहरु बाम गठबन्धनमा प्रवेश गरेको समेत बताए ।
सो अबसरमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले आफुहरु स्थानिय माटोको पसिना सँग परिचित र स्थानिय समस्या बुझ्ने भएकाले उक्त क्षेत्रको विकासलाइ तिब्र गतिमा अगाडि बढाउन आफुहरुलाइ मत दिन आग्रह गरे ।
उनले नेपाली काग्रेसलाई सो क्षेत्रमा मत दिएर प्रधानमन्त्री र मन्त्री बनाएपनि सो अवधिमा कांग्रसले केहि गर्न नसकेको बताउँदै आफु निर्वार्चीत भएको ३ वर्षमा धेरै कामहरु गरेको बताए ।
Post a Comment