किशोर विश्वकर्मा- विराटनगर, मंशिर ८ गते । रातो तारा डट कम,मोरङ निर्वाचन क्षेत्र नं. २ अन्तर्गत दर्वेशामा भएको महिलारुको भेलाले बाम गठबन्धनका उम्मेदवारलाइ जिताउन एक जुट हुने निर्णय गरेका छन् ।
बाम गठवन्धनका महिला संगठनको भएको क्षेत्रीय भेलाले गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्य उम्मेदवार क.ऋषिकेश पोखरेल, प्रदेश सभा सदस्यका उम्मेदवार क. गणेश उप्रेति र प्रदेशससभा खका उम्मेदवार लिलाबल्लव अधिकारीलाई जिताउन एकजुट हुने निर्णय गरेका हुन् ।
भेलालाई सम्बोधन गर्दै बाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऋषिकेश पोखरेलले आफु जहिल्यै पनि महिला अधिकारका पक्षमा रहेकाले महिला सशक्तिकरणका सवालमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।. उनले महिला जहिल्यै विभेदको शिकार हुदै आएकाले वर्तमान संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपनि कार्यान्वयन तह फितलो रहेकाले अब बन्ने बामपन्थीको बहुमतिय सरकारले कार्यान्वयन गरि छाड्ने दावी गरे । क्षेत्रीय भेलामा बाम गठबन्धन समर्थक सयौँ महिलाह?को सहभागिता रहेको
थियो ।
Post a Comment