युवराज ठकुरी/सिंहदेवी, मंगसीर ७ गते । रातो तारा डट कम,
मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीमा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमाको
अबसरमा नकाउट फुटबल प्रतियोगिता गरिने
भएको छ।
मङ्सिरे पुर्णिामा(चासोक तङ्नाम)को अवसरमा प्रत्येक वर्षमा मेला लगाइनुका साथै साविक सिंहदेवी-७लक्ष्मी प्राविको खेलमैदानमा फुटबल प्रतियोगिता पनि गरिदै आएकाले यसवर्ष पनि त्यसै अनुरुप मेला सहित फुटबल
प्रतियोगिता गर्ने मङ्सिरे पुर्णिमा मेलाबजार समितिका अध्यक्ष खड्गबहादुर ठकुरीले बताए ।
खड्गबहादुर ठकुरीको अध्यक्षतामा मेला बजार
व्यवस्थापन समिति र सुमन लिङ्दमको संयोजकत्वमा खेलकुद व्यवस्थापन समिति गठन गरि यस वर्ष मङ्सिरे पुर्णिामामा मेलाबजारसहित फुटबल खेलको आयोजना गरिएको सचिब कमल ठकुरीले बताए।
फुटबल प्रतियोगितामा तेस्रो हुनेलाई रु ५,०००
प्रमाणपत्र र मेडल,दोस्रो हुनेलाई रु२०,०००प्रमाणपत्र र मेडल र प्रथम हुनेलाई ३०,०००प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा राखिएको र इन्ट्री फि रु३०५१ रहेको आयोजक कमिटीका सदस्य अरुण लिङ्दमले बताए।१७ गते मङ्सिरे पुर्णिामाका
दिन देखि सुरु गरिने भएता पनि यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभा चुनावका कारण २५गते देखिनै शुरु हुने भएको छ । उक्त प्रतियोगितामा १४गते देखि १५गते१०बजे सम्म इन्ट्री गर्ने समय रहेको आयोजकले बताएको छ।
Post a Comment