Websoft University

वडा नम्वर ११ का बाम गठबन्धनका कार्यकर्ता सकृय हुदै

बिराटनगर,कार्तिक २४ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्र बिराटनगर ११ का इन्चार्ज भवानी चापागाइको अध्यक्षतामा बाम गठबन्धनको छलफल कार्यक्रम आज सम्पन्न भएकोछ ।
(बाम गठबन्धनका उम्मेदवार जिताउ अभियान)

छलफल कार्यक्रममा क्षेत्र नम्पर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले उपस्थित गठबन्धनका कमरेडहरुलाइ सम्वोधन गर्दै,निर्वाचन जित्नेगरी तपाइहरुले परिचालित भइ दिनु परो भन्नु भएकोछ । यदि यो पटक बाम गठबन्धनले बिजय हात पार्नै पर्छ त्यसो भएन भने हामी तल पर्न सकिन्छ जसरी हामी महानगरमा भएका छौ । बिगतलाई हेरेर सबैले सकृय भइ दिन आग्रह  गर्नु भयो ।

बिराटनगर ६/ ख प्रदेश सभाका उम्मेदवार रमेश पोखरेलले आफना कुरा राख्दै मैले बिजय हासिल गरेपछि मेरो क्षेत्रका जनताहरुको सेवामा लाग्ने छु र महिला ससक्तिकरणलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने बताउनु भएकोछ ।

त्यसैगरी दुबै उम्मेवारले महानगरको भित्रको समस्य बाटाघाटा बिजुली पानी स्वास्थ्य रोजगार शिक्षामा जोड दिने जस्ता कुराहरु छलफलमा राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य क नमिता न्यौपानेले आफना करा राख्दै बाम गठबन्धनले निर्वाचन जित्नु पर्छ यसका लागि हामी बेलैमा यस कार्य तिर लाग्नु पर्ने धारणा राख्नु भयो ।

छलफलमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा ६ नम्वर निर्वाचन परिचालन समिति संयोजक,मणी दाहाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य पर्सुराम बस्नेत,वडा अध्यक्ष तिथेन्द्र न्योैपाने, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाकार तेजेन्द्र बहादुर भण्डारीले समेतले आफना भनाइहरु राख्नु भएको थियो ।

नेकपा एमालेकी ममता प्रधान संयोजक र नेकपा माओवादी केन्द्रका तर्फबाट बिनोद साह सहसंयोजक रहने गरि बाम गठबन्धनको तर्फबाट सयुक्त चुनाव प्रचार प्रसार परिचालन समिति १०१ रहने गरी गठन गर्ने निर्णय भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.