( फाएल फोटो)
काठमाडौँ मंसिर ९ गते । रातो तारा डट कम, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका बारेमा जानकारी लिने क्रममा आज रसुवा जिल्लाको स्थलगत अनुगमन गर्नुभयो ।
अनुगमनका क्रममा प्रमुख निर्वाचन आयुक्त डा यादवलाई रसुवाको धुञ्चेमा अनुगमन टोलीका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले निर्वाचनका लागि भएका तयारी, सुरक्षा प्रबन्ध, कर्मचारी खटनपटन लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
उहाँहरूले जिल्लामा निर्वाचनका लागि सम्पूर्ण तयारी भएको समेत प्रमुख निर्वाचन आयुक्त डा यादवलाई अवगत गराउनुभयो । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका लागि गरिएका सबै तयारीप्रति सन्तोष प्रकट गर्दै जिल्लामा कुनै पनि किसिमका अवाञ्छित क्रियाकलाप हुन नदिन र अवाञ्छित क्रियाकलाप गर्नेहरूमाथि शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो ।
उहाँले उम्मेद्वार र मतदातालाई सुरक्षाको प्रत्याभूति दिन र समग्र जिल्लालाई नै सुरक्षामा राख्नसमेत निर्देशन दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, मतपेटिका सुरक्षित राख्ने प्रबन्ध मिलाउन र मतगणनाका लागि अहिलेदेखि नै सुरक्षा सहितको पूर्वतयारी गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभयो ।
–––

Post a Comment