Websoft University

बाम गठबन्धनले जिते मात्र मिक्लाजुङ र उर्लाबारीको बिकास हुनेछ


बिराटनगर कार्तिक १९ गते । रातो तारा डट कम,
 निर्वाचनमा नीति र नेता मिलेपछि त्यसले ईनर्जी (उर्जा)दिन्छ। त्यसैले राप र ताप दुबै समाजलाई दिन्छ । जव त्यसमा राजनैतिक इमान्दरिता जोडिन्छ,अनि इनर्जी पुरा हुन्छ । त्यसले समाजलाई थप प्रकाश दिनथाल्छ ।

नेपालको संविधान र राजनैतिक प्रणालिले प्रादेशिक  संरचनाहरूको परिकल्पना र प्रारुप तयारी र निर्माण गर्ने छ,  त्यसैबाट देशको शासन प्रकृयामा आम जनतालाई सहभागि  गराउने उद्देश्य बोकेको हुन्छ ।

त्यसकारण अव आउने संघ र प्रदेशकाका प्रतिनिधि नीति र नैतिकताले विभुषित हुनुपर्ने आम जनताको अपेक्षा लुकेको  छ । यही जनअपेक्षालाई पुरा गर्न चुनावी मैदानमा होमिएका छन् क्रान्तिका योद्धा कुलबहादुर साम्बा लिम्बू (कुशल) ।

जिम्मेवार पदमा नहुँदा त समाजमा हैकम र रवाफ देखाउनेहरु साचै पदमा पुगेपछि निरंकुश हुन सक्छन् भन्ने उदाहरण यसअघिका काँग्रेसका निर्वाचित प्रतिनिधिहरुले पुष्टि गरिसकेका छन् ।

त्यसैले पूर्वी मोरङमा थामिनसक्नु बनेको काँग्रेसी हैकमलाई रसातलमा पुर्याउन नेकपा एमालेसँग गठबन्धन गरी चुनावी दौडमा कुसल साम्बा लिम्बू होमिएका हुन् । उनी मोरङ १ (क)बाट प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेद्वार हुन् ।

अहिले मोरङ १ (क) लगायत देशैभरिको माहोल संघ र प्रदेश निर्बाचनको चर्चाले खुवै तातेको छ । मोरङ १ को प्रतिनिधिसभा र प्रदेश सभामा कस्ले जित्ने भन्ने बिषय पनि यसक्षेत्रमा निकै महत्व बनेको छ । मोरङ क्षेत्र १ (क) मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका युवा नेता साम्बा साझा उम्मेद्वार हुन् । वाम गठबन्धनले जितेमात्र उर्लाबारी र मिक्लाजुङको विकास हुने योजनासहित वाम घटकहरु चुनावी मैदानमा उर्लिएका छन् ।

सरल र मिजास स्वभावका कुसल साम्बा ठुला साना सबै सँग मिल्न सक्ने स्वभावका हुन् । सुखमा नमात्तिने र दुःखमा नआत्तिने स्वाभाव भएका कुसलको लिम्बूको सामाजिक उचाइ अझ वलियो देखिएको छ । समृद्ध र समुन्नत पूर्वी उत्तरी मोरङको बिकासको सपना लिएर अघि बढेका कुशल साम्बा पहिलो पटक चुनावमा उम्मेदवार बनेका हुन् । बिशेष गरि बिकास निर्माण र समुन्नत पूर्वीत्तर मोरङको परिकल्पना एमाले–माअ‍ोवादी केन्द्रसँग मात्र भएका उदाहरण सहित अहिले साम्बाले उर्लाबारीबाटै मत माग्न सुरु गरिसकेका छन् ।

पूर्वी मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको ६ वटा वडा समेटिएर बनेको प्रदेशसभाका लागि चुनावी मैदानमा कुशल साम्बा सबैभन्दा अग्रपक्तिमा त्यहाका जनताले रूचाएको पाइन्छ । वामहरु छिन्नभिन्न भएको फाईदा उठाउँदै गत संबिधानसभाको चुनावमा काँग्रेसले जित हात पारेकोले यस क्षेत्रमा जनताको चित्त बुझ्दो रुपमा विकाश निर्माणले फड्को मार्न नसके पछि आम जनताको मन बाम घटकतिर फर्केकोछ।

मोरङको उर्लाबारी पूर्वकै एक उदीयमान शहर हो । अहिले यो
नयाँ शहरको रुपमा बिकास भइरहेको पाइन्छ । तर पनि उर्लाबारी र उत्तरी मोरङको मिक्लाजुङ आशलाग्दो छ । यसलाई निमोठ्नेहरुसंग जनता सावधान हुनैपर्छ । समाजको सवै वर्ग र तह तथा जात जातिहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सक्ने र सामाजिक विविधता वीच सुसम्बन्धको बिकास गर्न सक्नेले नै उर्लाबारी र मिक्लाजुङको कायाकल्प गर्नसक्छ।

कसैको दादागिरी र कोही भयआतुर रहने समाजले उन्नति गर्न सक्दैन । मेलमिलापमा आधारित परस्पर सहयोगी समाज वाम गठबन्धनले मात्र निर्माण गर्न सक्छ भन्ने उम्मेद्वार साम्बाको ठम्याई छ । उनी भन्छन् – मोरङ १(क) का जनताले वाम घटकलाई जिताउने छन् भन्ने कुरामा सबै विस्वस्त छन् ।
वाम एकताले मात्र समाजलाई न्याय, राप, ताप र प्रकाश दिन सक्छ ।

 त्यसैले विगत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई जनताले बलशाली बनाए । एक्लाएक्लै चुनाव लड्दा पनि गत स्थानीय तहको चुनावमा एमाले पहिलो र माओवादी केन्द्र तेस्रो बन्यो । अब यी दुई वाम गठबन्धन एक भएपछि अबको निर्वाचनमा वाम गठबन्धनको सजिलै बहुमत आउने निश्चित बनेको छ । जय होस बाम गठबन्धन,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.