Websoft University

विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार : मोदी

विराटनगर, कात्तिक २३ गते । रातो तारा डट कम,
निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ । जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै  उहाँले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’
प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसँग उम्मेदवार कार्यक्रममा उम्मेदवार निधिले विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाईने बताउनुभयो । ४–४ पटक मन्त्री भईसकेका व्यक्तिले क्षेत्र नंवर ४ को विकास नगरेको भन्दै उहाँले जनता आफ्नो पक्षमा बताउनुभयो । ५ वर्ष भित्रमा क्षेत्र भित्रका सम्पूर्ण सडकको स्तरोन्नती गरिसक्ने उहाँको भनाई
छ । स्थानीय पर्यटकीय स्थलहरुको विकास गर्ने आफ्नो प्राथमिकता भित्र रहेको मोदीले बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नं ४ ख का उम्मेदवार जीवन घिमिरेले प्रदेश सभा मार्फत विराटनगरलाई राजधानी बनाउन भूमिका खेल्ने बताउनुभयो । प्रदेश नं १ को राजधानी विराटनगर बाहेक अन्यत्र हुनै नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगरलाई राजधानी बनाउनका लागि जीवन मरणको लडाई लड्न तयार छु ।

उहाँले विराटनगरमा व्यवस्थित बधशाला निर्माण, कृषि बजारको निर्माण, रिङरोडको निर्माण सम्पन्न गर्ने लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । क्षेत्र नं ४ क का उम्मेदवार विजय विश्वासले कृषिमा यान्त्रीकरण र यूवा स्वरोजगार आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.