Websoft University

चुनावी एजेण्डाका साथ घरदैलोमा वाम गठबन्धनका उम्मेदवार


सरोज बस्नेत-उर्लाबारी, मंसिर ७ गते । रातो तारा डट कम,
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका छन् ।

आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित वाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रीत भएका हुन् । वाम गठबनधनतर्फका मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडा र प्रदेश सभा (क) मा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले बिहीबार मिक्लाजुङ वडा नं. ८ मा घरदैलो कार्यक्रम गरेका छन् ।

कार्यकर्ता तथा स्थानीयको सहभागितामा घरदैलो कार्यक्रम गरिएको छ ।  एक नम्बर क्षेत्रमा भएको विकास निर्माणको हरेक काममा आफ्नो संलग्नता रहेको भन्दै उम्मेद्वार खतिवडाले आगामी दिनमा पनि स्थानीय स्तरमा देखिएका हरेक समस्या समाधानको अगुवाई गर्ने पनि बताएका छन् ।

स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई जिताउन अपिल गर्दै उम्मेद्वारद्वय खतिवडा र लिम्बूले घरदैलो कार्यक्रम गरिरहेका छन् । उनीहरुले घरदैलो कार्यक्रमका क्रममा स्थानीय स्तरमा हुने विविध विकास निर्माणको काममा आफूहरुले जिम्मा लिने प्रतिबद्वता जनाएका छन् ।

एक नम्बर क्षेत्रको विकास निर्माण गर्नु, उक्त क्षेत्रलाई सम्बृद्व बनाउनु एक मात्र उद्देश्य भएको भन्दै आफ्नो उद्देश्य पुरा गर्न स्थानीय मतदाताको सहयोगको अपेक्षा गरेको उनीहरुको भनाई छ छ । प्रदेश सभा सदस्यका उम्मेद्वार कुशलले भने,‘यो क्षेत्रमा विकास निर्माणका काम के के भएका छन्, हुनुपर्ने के के छ, त्यसका बारेमा म जानकार छु, यहाँको समस्याको बारेमा पनि म जानकार छु,।

 त्यसैले तपाईहरुले भोग्दै आएको समस्या समाधान गर्ने अवसर दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ आफ्नो घोषणपत्र बमोजिम यो क्षेत्रको समृद्धि र बिकासका लागि लागी पर्ने उनको भनाई छ । उनले भने, ‘यो क्षेत्रको बिकासका काममा जनप्रतिनिधि भएर काम गर्नेछु,, अमुल्य मत दिएर सेवा गर्ने अवसर प्रदान गनुहुनेछ भन्नेमा बिश्वस्त छु ।’

उनीहरुले स्थानीय र पार्टीद्वारा जारी गरेको घोषणा पत्र लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । त्यस्तै, प्रदेश सभा (ख) का उम्मेद्वार उपेन्द्र घिमिरे पनि यतिबेला घरदैलोमा ब्यस्त रहेका छन् । यसैबीच बाम गठबन्धनका उमेद्वारहरुले बुधबार मोरङको मिक्लाजुङ्ग गाउँपालिका—८, तोरीबारीमा श्रम गरेर भोट मागेका थिए ।

मोरङको १ नम्बर क्षेत्रका वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उमेद्वार घनश्याम खतिवडा र १ (क) प्रदेश सभा सदस्यका उमेद्वार कुलबहादुर साम्बाले धानको बिटा उठाउनुको साथै तोरीको छर्दै गरेको ठाउँमा विहानभर सघाउने काम गरेका थिए । खतिवडा एमाले र साम्बा माओवादी केन्द्रको तर्फबाट साझा उमेद्वार हुन् ।

उमेद्वारसँग गएका कार्यकर्ताहरुले समेत किसानको खेतमा काम लगाइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.