रबिन्द्र बराल-रंगेली मोरङ कार्तिक २४ गते शुक्रबार।
रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ मा सामुदायिक सेवा केन्द्र काे स्थापना गरिएको छ ।
समाजमा ब्याप्त विभिन्न बिकृती, बिसगती , अराजकता तथा सामाजिक अपराधलाई सामुदायिक कृयासिलतामा समुदायलाई जिम्मेवार बनाइ अपराध रोकथाम ,नियन्त्रण तथा अनुसन्धान गर्न नागरिक प्रहरी साझेदारी र सहकार्य उदेश्य ले स्थापना गरिएको छ ।
सो सामुदायिक सेवा केन्द्रको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको छ । मोरङ्का प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसिले सामुदायिक केन्द्रको उदघाटन गर्नु भएको थियोे ।उदघाटन समाराेहलाई सम्बोधन गर्दै उपरीक्षक बिसिले प्रहरी र नागरिक नङ्ग र मासुको सम्बन्ध रहेको समेत बताउनु भयाे ।
उदघाटन समाराेहलाई बुद्धिजीवी सुरेश मिश्र,पब्लिक उमाविका प्राचार्य बिरेन्द्र शाह ,मिनिल्याण बोर्डिङका प्रेन्सिपल बिकर्ण कार्की ,रङेली प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्जीब बाबू खडका लगायतले समुदायक प्रहरी बारेमा बाेलेका थिए ।
साे कार्यक्रममा सामुदायिक केन्द्रका अध्यक्ष मचिन्द्र कटुवालकाे सभापतित्वमा समपन्न भएको थियोे ।
हालै गठन भएको सो केन्द्रको उपाध्यक्ष किरण नेउपाने,सचिव सत्रुधन रजक ,सह सचीव अजय राय र कोषाध्यक्षमा श्रीमति बिना शर्मा रहनु भएको केन्द्र्का सचीव सत्रुधन रजकले बताउनुभयो ।
Post a Comment