विराटनगर कात्तिक, २१ गते । रातो तारा डट कम,
नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री लालबावु पण्डितले जनताबाट उठेको भावनालाई कदर गर्दै संविधानलाई सम्बृद्ध बनाउने उद्घोष गर्नुभएको छ ।
प्रेस चौंतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले सामाजिक सद्भावको विकासका लागि आपूm कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।
संयुक्त बामगठबन्धनको तर्फबाट मोरङको क्षेत्र नं–६को प्रतिनिधि सभाको उम्मेद्वारसमेत रहनु भएका उहाँले बृहत्तर विराटनगरको विकासको अवधारणाअन्तर्गत प्रदेश नं–१को प्रादेशिक राजधानी विराटनगर बनाउन दृढ सङ्कल्पित रहेको उल्लेख गर्नुभयो ।
विराटनगरको रिङ्गरोडको उचाईमा बृद्धि गरी विराटनगरलाई बाढीबाट जोगाउने भन्दै उहाँले यस क्षेत्रको नदीहरुमा तटबन्ध निर्माण गराउने,विराटनगरमा ‘भ्यूटावर’ सडकको निर्माणका साथै अव्यवस्थित वसोवास रहेकाले जनता आवास कार्यक्रम तर्फपनि केन्द्रीत हुने जानकारी गराउनुभयो ।
उहाँले विराटनगरलाई ‘शैक्षिक हब’को रुपमा विकास गरी क्यान्सर र ह्रदयरोग अस्पताल स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।
सोही क्षेत्र अन्तर्गत प्रदेश ‘क’ को बाम गठबन्धन उम्मेद्वार जीवन आचार्यले आपूm निर्वाचित भएमा शिक्षा,स्वास्थ्य र रोजगारको क्षेत्रका साथै सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका ठोस पहल गर्ने बचनबद्धता प्रकट गर्नुभयो ।
उहाँले विराटनगरदेखि किमान्थाका सडक निर्माणका साथै आफ्नो क्षेत्रका सडकहरुको निर्माणलगायतका विकास कार्यमा बढी केन्द्रीत हुने जानकारी गराउनुभयो ।
सोही क्षेत्रअन्तर्गत प्रदेश‘ख’बाट बाम गठबन्धन उम्मेद्वार रमेश पोखरेलले आपूm सहकारीसँग जोडिएको उल्लेख गर्दै सहकारी,नीजि र सार्वजनिक क्षेत्रको कार्यान्वयन गराउन र सहकारी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न ठोस रुपमा अगाडि बढाउने उल्लेख गर्नुभयो ।
विकासवादी नेताको रुपमा पहिचान बनाउन खोजेको स्पष्ट पार्दै उहाँले विराटनगरको रिङ्गरोडको निर्माण,केशलिया नदी नियन्त्रणका साथै सुकुम्वासी,गरीवीलगायतका समस्या समाधानका लागि कार्य गर्ने जानकारी गराउनुभयो ।
Post a Comment