अर्जुन जम्नेली-मोरङ, मंगसीर ४ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. ३ मा वाम गठबन्धनलाई थप मजबुद बनाउन कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षा चलाउने भएको छ ।
निर्वाचन परिचालन समितिको आज बसेको बैठकले हरेक वडा आठ जना मतदाता परिचालक खटाएर भोट लाउन सिकाउने निर्णय भएको हो । एमालेका किशोर राई र माओवादी केन्द्रको जहरमान लिम्बू लगायतको वाम गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।
दुई पार्टीले हरेक वडामा ४—४ जना कार्यकर्ताहरुलाई एक दिने तालिम दिएर नमुना मतपत्र, स्वस्तिक छाप, झोला दिएर परिचालक खटाउने निर्णय भएको निर्वाचन परिचालन समिति पथरीशनिश्चरे नगर संयोजक किशोर राईले बताए । एउटा वडा ८ जनालाई छ दिनको दरले टोलटोलमा खटाउने निर्णय भएको हो ।
मोरङ ३ नम्बर क्षेत्रमा प्रतिनिसभाको लागि एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढाकाल ३ (क) माओवादी केन्द्रकी गीता तिम्सिना र (ख)मा राजकुमार ओझा प्रदेश सभामाका उमेद्वार हुन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा सुनिल शर्मा, प्रदेश सभा (क)मा सुयर्मा राई र (ख)मा ईश्वरी कोइराला चुनावी मैदानमा छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा ३ नम्बर क्षेत्रमा कांग्रेस भन्दा वाम गठबन्धन करिव २१ हजारको मतले अगाडि छ ।
Post a Comment