विराटनगर, कात्तिक २३ गते । रातो तारा डट कम,
विकास निर्माण कार्यलाई तीव्रता दिई धुलो हिलो रहित विराटनगर बनाउनका लागि एमाले निकट युवा संघ मोरंगले माग गरेको छ ।
विराटनगर महानगरपालिकाकी कार्यवहाक प्रमुख इन्दिरा कार्कीलाई ज्ञापन पत्र बुझाउँदै युवा संघले विकास निर्माणका कार्यलाई गति दिन ध्यानाकर्षण गराएको छ ।
विकास निर्माणको कार्य गरिरहँदा त्यस क्रममा उत्पन्न हुन सक्ने फोहोर मैला, धुलो, हिलोको उचित व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यमा प्रत्यक्ष असर पुगेको भन्दै युवा संघले धुलो–हिलो रहित विराटनगर बनाउनका लागि माग गरिएको अध्यक्ष मुकेश बुढाथोकीले बताउनुभयो ।
Post a Comment