Websoft University

वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर ६ का उम्मेदवार,क लालबाबु पण्डित,क रमेश प्रसाद पोखरेलको चुनावी प्रचारप्रसार तीब्र हुदै

बिराटनगर,मंसिर ९ गते । रातो तारा डट कम,राजनीतिक स्थिरता र मुलुकको  दिगो बिकासका लागि वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा सदस्य क. लालबाबु पण्डित र प्रदेश सभा ६/ २ (ख) का क. रमेश पोखरेललाई सूर्य वा हसिय हतौडा चिन्ह भएको ठाउँमा मतदान गरौं भन्ने नाराका साथ चुनावी प्रचारले आज ९ गते पनि  तीब्रता पाएकोछ ।

क्षेत्र नं. ६ मा वाम गठबन्धनको चुनाव प्रचारप्रसारले मतदाताहरु निकै उत्साहित भएको पाएकाले नेपाली कांग्रेस भन्दा वाम गठबन्धन धेरै अगि रहेको बिराटनगर ६ बरमपुराका मतदाताहरुले बताएका छन ।

त्यसैगरी बाम गठबन्धनका दुबै नेताहरु यो क्षेत्रमा भिजेका स्थानिय बासिन्दा भएकाले टुरिस भएर आएका मालिकहरुले यो क्षेत्रमा भोट नपाउने कुरामा जोड दिनु हुन्छ क. नमिता न्यौपाने ।

रातो तारा डट कम का सम्पादक संग कुरा गर्दै क. नमिता न्यौपानेले भन्नु भयो-अहिले देशैभरी बाम गठबन्धनको एक प्रकारको लहर  नै चलेको ले माथिल्लो क्षेत्रबाट प्रदेश सभा सदस्य ६ (क) मा जीवन आचार्य हुनुहुन्छ, भने तल्लो क्षेत्रमा स्थानिय लोक पृय क. रमेश प्रसाद पोखरेल हुनुहुन्छ र प्रतिनिधि सभा सदस्यमा  क्षेत्र न ६ बाट क. लालबाबु पण्डितको उम्मेदवारी रहेकाले पनि यो क्षेत्रमा बाम गठबन्धनको बिजय निसित रहेको बताउनु भयो ।
(बाम गठबन्धनको सम्पर्क कार्यलय उदघाटन     २०७४/०८/०९ गते)

आजै रमेश प्रसाद पोखरेलले बिराटनगरको घोगापुल चोकमा बाम गठबन्धनको  सम्पर्क कार्यलय पनि एक समारोहका बीच उदघाटन गर्नु भएको थियो ।

सम्पर्क कार्यालय उदघाटन गर्दै क्षेत्र न ६ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद पोखरेलले भन्नु भयो- म यो क्षेत्रको स्थानिय बासिन्दा हुँ यो ठाउँको सबै कुरा मलाई राम्ररी जानकारी रहेकाले ढुक्क भएर म लाई मत दिनु होस म तपाइहरुका कामहरु पुरा गर्दै जाने बचन दिन्छु भन्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.