रबिन्द्र बराल-रंगेली,माेरङ कात्तिक २२ गते बुधबार ।
रातो तारा डट कम,पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक महिना बितिसक्दा अझैं हटाइएको छैन । साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ ।
असोज १९ गते राति भारतबाट काकडभिट्टा हुँदै विश्वकर्मा सिमेन्ट उद्योगको कच्चा सामग्री बोकेर बीरगञ्ज तर्फ जाँदै गरेको एच आर ३३ इ ५७१५ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो । ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ९३१ नं.को मोटरसाइकलमा सवार पथरीशनिश्चरे ३ का वीरकुमार राईलाई ठक्कर दिँदा राई गम्भीर घाइते हुनु भएको थियो । ट्रकका चालक भारतीय नागरिक दुर्घटना गराएर फरार भएका छन । घटनामा मोटरसाईकल पुरै झ्यतबिझ्यत भएको छ भने मोटरसाईकल चालक पथरीशनिश्चरे ३ निवाषी वीर कुमार राई गम्भीर घईते भएका छन ।
दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय राईको विराटनगर स्थित न्युरो अस्पतालको सघन (आइ सी यू) उपचार कक्षमा उपचार भइरहेको छ । राईका आफन्तले घाइतेको उपचार नभए सम्म गाडी उठाएर लान नपाउने बताउँदै आएका छन् ।
उक्त बाटो भएर पुर्व पश्चिम कुदने कयौ यातायातहरु उक्त गाडिले गर्दा समस्यामा परेका छन भने उक्त ठाउमा पुर्व पश्चिम भएर कुद्ने अन्य सवारी साधन र यात्रुलाई समस्या परेको छ ।
घाइते बिरामीको उपचारमा ५ लाख खर्च भौसकेको र उपचारमा अझ खर्च लाग्ने भएकाले आर्थिक अभावको कारण उपचारमा समेत ढिलाई भएको पिडित पक्षको गुनासो छ । हाल सम्म ५ लाख खर्च भै सक्को तर गाडि पक्षबाट कुनै खर्च नजुटेकाले उपचार रोकिएको श्रीमती मनमाया राईले बताईन।
यता गाडिले आधा बाटो ढाकेर बस्दा सम्म पनि गाडि नहटेकोले अन्य सवारी साधन र यात्रुहरु मारमा परेका छन । पुर्व पश्चिम भएर चल्ने अधिकाम्स सवारी साधनहरु त्यहि बाटो भएर चल्ने गरेकाले उक्त गाडिका कारण अर्काे दुर्घटना हुने खतरा बढेको छ ।
तर सिमेन्टको कच्चा पदार्थ ३७ टन किलिङ्गर बोकेको ट्रक क्रेनको अभावमा हटाउन नसकिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताउनु भयो । कार्कीले यसै साता दुई वटा ठूला क्रेन ल्याएर ट्रक हटाइने जानकारी दिनुभयो । उक्त घटना बारे आपुलाई जानकार नभएको र चाडै हटाउने मोरङ प्रहरी प्रमुख एसपि अरुण बिसीले बताउनु भयो ।
चालक फरार भएपछि प्रहरीले ट्रकका मालिक भारतीय नागरिक राजुकुमारलाई पक्राउ गरेको छ । ट्रक मालिकले घाइतेको उपचार नगरे सम्म छोड्न नमिल्ने प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
Post a Comment