अमृत बास्तोला/तेह्रथुम, कात्तिक, १८ गते । रातो तारा डट कम,तेह्रथुमको आठराई गाउँपालिका–६ साविक चुहानडाँडा-२ मा रहेको चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
“दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी” भन्ने मुल नारालाई सार्थक बनाउन सहकारीलाई व्यावसायी मुखि र आय आर्जनका लागि लगानी गरी शेयर सदस्यलाई आत्मनिर्भर बाउने सहकारीले लक्ष्य लिएको संस्थाका अध्यक्ष जगतबहादुर थपलियाले बताउनु भयो ।
ऋण लगानीको प्रक्रिया, ऋण बापतको सुरक्षण र सुरक्षणका लागि धितो, आर्थिक र प्रशासन सम्बन्धी व्यवस्थाको अवस्था सहितको आर्थिक शुसासन तथा सुपरीवेक्षण प्रतिवेदन लेखा समितिका संयोजक खग्रेन्द्र अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।
चुहानडाँडा २०६६ मा स्थापित सहकारीको साधरण सभामा रु. ७९ लाख ३९ हजार १ सय ३ रुपैयाँ बाराबरको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष निलम खरेलले प्रस्तुत गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष खरेलबाट प्रस्तुत आर्थिक प्रतिवेदन साधरण सभाले पारित गरेको छ ।
आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, गाउँपालिका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष रुपदेवि कन्दङवा, ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख कमल पनेरु, तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिक्मत बहादुर राय, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भिष्म थपलिया, नेकपा एमालेका प्रतिनिधि रामचन्द्र थपलिया, तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका प्रध्यापक मनोजकुमार चौधरी लगायतका वक्ताहरुले सहकारीले ग्रामिण क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याएको उल्लेख गर्दै साधारण सभा सफलताको शुभकामना व्याक्त गरेका थिए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य, बचत कर्ताहरुलाई सम्मान गरिएको छ । संचालक समिति अध्यक्षमा पुनः थपलिया सर्वसम्मत चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा पुनः जगतबहादुर थपलिया सर्वसम्मत चयन हुनु भएको छ ।
संस्थाको चौथो अधिवेशन सभाबाट थपलिया पुनःअध्यक्षमा शनिबार चयन हुनु भएको हो ।
अधिवेशन सभाबाट संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चन्द्रबहादुर कन्दङवा, विनोद न्यौपाने, कुलबहादुर सुब्बा, धर्मराज गौतम रहनु भएको छ । ११ सदस्य संचालक समिति सम्र्वसम्मत गठन भएको छ ।
त्यस्तै परशुराम तिवारीको संयोजकत्वोमा तीन सदस्यीय लोखा समितिमा गठन भएको संहकारी संस्थाका व्यावस्थापक कृष्णप्रसाद बास्कोटाले जानकारी दिनु भयो ।
Post a Comment