Websoft University

वामपन्थी उम्मेद्वारलाई जिताउन जनवर्गीय संगठन पनि अब तात्दै


मोरङ, कात्तिक २४ गते । रातो तारा डट कम,
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वामपन्थी उम्मेद्वारहरुलाई जिताउन जनवर्गिय संगठनहरु जोडतोडले लाग्न थालेका छन् । बुधबार  उर्लाबारी–५ स्थित हाम्रो बचत सहकारीको सभाहलमा नेकपा एमाले निकट अनेमसंघ र माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीका महिला अगुवाहरुको भेला सम्पन्न भएको छ ।

केही दिनअघि मात्रै युवा, शिक्षक संगठनहरु एक भएर चुनावमा वाम गठबन्धनलाई जिताउने उद्घोषका साथ चुनाबी मैदानमा उत्रिसकेका छन् । आसन्न चुनावमा बाम गठबन्धनले जितेमात्र मुलुकमा विकास र समृद्धिको लहर ल्याउन सकिने भएकाले इमान्दारीताको साथ मतदान गर्न एमाले तथा माओबादीका नेताहरुले अपिल गरेका छन् । उनीहरुले दिगो सरकार र समृद्ध शहर निर्माणका लागि वाम गठबन्धनले जित्नै पर्नेमा उनीहरुले जोड दिएका छन् ।
एमाले र माओबादी दुबैका नेता तथा कार्यकर्ताहरु इमान्दार भएर चुनावी मैदानमा उत्र्ने बेला आएको  एमाले केन्द्रिय सदस्य डा.शिवमाया तुम्बाहाम्फेले बताइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेका डा. तुम्बाहाम्फेले समान अनुभुति,समानता र समृद्धिका लागि वाम गठबन्धनमा मत हाल्नुको विकल्प नभएको जिकिर गरेकी छन् । व्यक्ति–व्यक्तिलाई अधिकार दिलाउन र घरघरमा सरकार पुगेको अनुभुति दिलाउन माओवादी र एमालेबीच सहकार्य भएको उनको भनाई छ ।

कार्यक्रमका विशिष्ठ अतिथि  अनेमसंघ मोरंग जिल्ला अध्यक्ष कृष्णाकुमारी राईले पूर्वीउत्तरी मोरङ कम्युनिष्टहरुको उर्वरभूमि रहेको उल्लेख गर्दै विगतका हारबाट पाठ सिक्दै अघि बढ्न आग्रह गरेकी छन् । ‘कांग्रेसको तिकडमले पछिल्ला चुनावका परिणाममा वामपन्थीहरु पछि परेपनि अब त्यस्तो अवस्था रहदैन ’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भनिन्–‘कांग्रेस आपैm भिजेको विरालो जस्तो भएको छ, ऊबाट कुनै मुसा मर्नेवाला छैन । हामी उत्साहका साथ लाग्नुपर्छ । ’

कार्यक्रममा मोरङ क्षेत्र नम्बर १का प्रतिनिधिसभा उम्मेदवार घनश्याम खतिवडाले महिला सहभागितालाई नेकपा एमाले र माओवादी केन्द्रले उच्च महत्व दिएको भन्दै त्यो गुन मतपत्र मार्पmत अभिव्यक्त गर्न आग्रह गरेका छन् । वामपन्थीहरुले नै राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश जस्तो गरिमामय पदमा पु¥याएको स्मरण गर्दै वामपन्थीहरुले नै महिलालाई प्रधानमन्त्रीका रुपमा उभ्याउने दावी गरेका छन् ।

 कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’का प्रदेश सभाका उम्मेदवार कुलप्रसाद साम्बा लिम्बू ‘कुशल’ले कांग्रेसबाट जनता वाक्कदिक्क भइसकेको भन्दै सूर्य चिन्ह र गोलाकारभित्रको हसिँया हथौडामा मत दिएर वाम गठबन्धनलाई जिताउन अपिल गरेका छन् । उनले विगतमा जे जस्ता तीतामिठा घटना भएपनि वामपन्थीहरु एक ढिक्का भएर मुलुकमा राजीतिक स्थायित्व ल्याउन लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी ममता राजवंशी, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी, एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतले बोल्दै वामपन्थी एक हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् । सोही भेलाले वाम गठबन्धन संयुक्त महिला चुनाव प्रचारप्रसार समिति पनि गठन गरिएको छ ।

जसको संयोजकमा इन्दिरा राई र सह–संयोजकमा रमा थापा रहेका छन् । ६८ सदस्यीय उक्त समितिमा दुबै पार्टीका महिलाहरुलाई सदस्यमा राखिएको छ । त्यस्तै, अनुगमन समिति, सचिवालय समिति र सूचना तथा सञ्चार समिति पनि गठन गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.