उर्लाबारी, मंगसीर ६ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नं. १ (क) अन्तरग मोरङको उर्लाबारी वडा नं. १ का आधा दर्जन स्थानहरुमा वाम गठबन्धनका उम्मेद्वारहरुको उपस्थितिमा कोण सभा गरिएको छ ।
मंगबालर उर्लाबारी–१ को सुकुम्वासी टोल, वयरडाँगी, कान्छी चौक, मिलन चौकलगायत स्थानहरुमा कोण सभा गरिएको
हो । एमाले र माओबादीबीच चुनावी तालमेल भएसँगै मोरङ क्षेत्र नं. १ मा वाम समर्थकहरुमा उत्साह पलाएको छ । मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडा, प्रदेश सभा (क) का उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) लगायतको उपस्थितिमा चुनावी सभा कार्यक्रम गरिएको छ । उनीहरुले स्थायी सरकार र दिगो विकासका लागि एक पटक वाम गठबन्धनलाई मत दिई विजयी गराउन मतदाताहरुलाई अनुरोध गरेका छन् ।
उक्त कोणसभाहरुमा सम्बोधन गर्दै उम्मेद्वार खतिवडाले आफूले जनताको शिर झुक्ने कुनै काम नगर्ने उल्लेख गर्दै वाम गठबन्धनलाई विजयी गराउन अपिल गरेका छन् । वाम गठबन्धन कसैको विरोधमा नभई देश र जनताको हितका लागि भएको उल्लेख गरेका छन् । त्यस्तै, प्रदेश सभा (क) का उम्मेद्वार कुशलले मोरङ क्षेत्र नं. १ को विकास र समृद्धीका लागि वाम गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।
जनतालाई पैसा बाँडेर चुनाव जित्ने सपना नदेख्न कांग्रेसलाई उनले चेतावनी पनि दिएका छन् । उनले समाजवादका लागि वाम गठबन्धन गरिएको उल्लेख गर्दै आफूहरुले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोर्चा विभाग प्रमुख रुपेश खतिवडा, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतले वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

Post a Comment