Websoft University

भारतबाट प्रतिबन्धित औषधि तस्करी

विराटनगर, कात्तिक २४ गते । रातो तसरा डट कम,
भारतबाट नेपालतर्फ प्रतिबन्धित औषधि तस्करी हुने गरेको पाइएको छ । सरकारले पैठारी र प्रयोगमै प्रतिबन्ध लगाएको औषधि सीमा नाका हुँदै नेपालतर्फ ल्याउने गरिएको पत्ता लागेको हो ।

भारतबाट ल्याइँदै गरेको प्रतिबन्धित औषधि सहित विराटनगरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार धरान १३ का ३३ वर्षीय गौतम लिम्बू र १७ वर्षीय दीलिप राईलाई पक्राउ गरिएको हो ।

 निरौलका अनुसार उनीहरुका साथबाट ४८÷४८ थान इस्पास्मोप्रोसिभन बरामद भएको छ । चिकित्सकहरुका अनुसार यो औषधि प्रशव पीडा भएका महिलाहरुमा प्रयोग गरिन्छ । प्रतिबन्धित औषधि सहित पक्राउ परेका दुबै जनालाई प्रहरीले आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा पठाएको छ।

कार्यालयले दुबै जनालाई पाँच ÷पाँच हजार रुपैयाँ धरौटी लिएर छाडेको छ । त्यस्तै भन्सार छली गरेर औषधि ल्याउँदै गरेको अवस्थामा प्रहरीले गय राति विराटनगर १६ हुलासमेटल नकिजैबाट एक जनालाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकीका प्रमुख नायव निरीक्षक दीपक यादव नेत्रृत्वको टोलीले विराटनगर १६ का २२ वर्षीय अशुतोष कर्णलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट दाद र लुतोमा प्रयोग गरिने ग्रेफाइटस आईमेन्ट, क्यारिबोरियम ,क्यालेन्डुला, फेरमफोस्फोसिएम सिक्स एक्स लगायतका औषधि ठूलो परिणाममा फेला पारेको छ । आशुतोषका बुवा आजातकुमार कर्ण रानीका औषधि व्यवसायी हुन् ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको औषधि आजातकुमारले आफ्नो पसलमा राखेर विक्री गर्ने गरेको प्रहरीको भनाइ छ । अवैध रुपमा ल्याइएको औषधि सहित पक्राउ परेका आशुतोषलाई प्रहरीले बिहीबार कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.