शिव भट्टराई -इटहरी,कार्तिक २० गते । रातो तारा डट कम,
मोरङ सुन्दरहरैचा-४ का ११५ घरधुरी बाढ़ी पीडितलाई आज राहत बितरण गरिएको छ।
गत श्रवणमा आएको बाढ़ीमा परि घरबार बिहिन परिवारलाई सुन्दरहरैचा-४ वार्ड कार्यालयद्वारा सहयोग गरिएको हो।
गत श्रावण २७ गते को बाढीमा परी बुढ़िखोला किनारमा बसोबास गर्दै आएका ११५ घरधुरीका ५१४ परिवारलाई
१० लाख ७९ हजार चार सय रकम बितरण गरिएको छ।
उक्त रकम सुन्दरहरैचाका मेयर शिव प्र. ढकाल साथै उपमेयर धना तामांग, ४ न.वडा कार्यालयका वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, नगरपालिका का कार्यकारी अधिकृत गणेश राज कार्की लगायतले राहत स्वरुप नगद बितरण गर्नु भएको थियो।
Post a Comment