सप्तरी, मंसिर ६ गते । रातो तारा डट कम, गहुँको बीउ छर्ने बेलामा डिएपी मलको अभाव भइरहेको समयमा साल्टट्रेडिङ कपोरेसनले सप्तरीलगायत पूर्वाञ्चलको १६ जिल्लामा डिएपी मलको बिक्रीवितरण शुरु गरेको छ । साल्टट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय विराटनगरकाअनुसार कोलकाता बन्दरगाहबाट विराटनगरमा डिएपी मल आयात गरी पूर्वाञ्चलको विराटनगर, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, झापालगायत जिल्लामा मल पठाइएको छ ।
कार्यालय प्रमुख नवीनचन्द्र झाले किसानको गुनासो आएपछि सहकारी संस्थामार्फत डिएपी मलको बिक्री वितरण शुरु गरेको बताउनुभयो । सप्तरीलगायत पूर्वाञ्चलको अधिकांश जिल्लामा मागअनुसार डिएपी मल वितरणका लागि पठाइएको र थप मल भारतबाट आयात गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । “प्रत्येक जिल्लाका सहकारी संस्थालाई २५÷२५ बोरा डिएपी मल वितरण गरिएको छ,”उहाँले भन्नुभयो ।
Post a Comment