शिव भट्टराई - इटहरी, मंगसीर ८ गते । रातो तारा डट कम,
सिएफएल वल्बमा भएको लाखौ अनियमिताबारे झण्डै दुर्इ साता पछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरी र उपमेयर लक्षमी गौतमले मुख खोलेका छन ।
नगरवासी तथा सामाजिक सरोकारवालाहरूले निरन्तर दबाब एवम बिभिन्न सञ्चारमाध्यमहरूले पटक पटक समाचार सम्प्रेसन गरी ध्यनाकर्षण गराएपछि इटहरीका मेयर चौधरी उपमेयर गौतम लगायत प्रशासनले आफुहरू चोखिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी अनियमितता बारे मुख खोलेका हुन ।
उपमहानगरले गत साउन एक गते देखि कार्तिक ७ गते सम्म खरीद गरेको सिएफएल बल्व प्रकरणमा ६० लाख बढी रकम घोटला भएको समाचार सार्वजनिक भइरहदा अख्तियारले छानविन गरी दोषी करार नगरेसम्म भ्रस्ट्रचार भन्न नमिल्ने भन्दै मेयर चौधरी अनियमिततामा संलग्न कर्मचारीहरूको बचाउ पक्षमा लागेको देखिएको छ ।
मेयर चौधरीले बजार भाउभन्दा दुर्इ गुणा बढी दाममा बल्व खरिद गरिएको पनि स्विकारेका छन तर भ्रस्ट्रचार भए या नभएको भन्ने प्रश्नमा उनि गहिरो आशंका मात्रै भन्ने गरेका
छन । उनले इटहरी उपमहानगका तत्कालिन कार्यकारी अधिकृत सागर मिश्रलार्इ दोषी देखाउदै आफु चोखिन खोजेका छन ।उनले बल्ब खरिद प्रकृियामा तत्कालिन कार्यकारी अधिकृत मिश्रले कुनै छलफल नै नगरी खुसुक्क रकम भुक्तानी गरेको आरोप लगाएका छन ।
कुनै पदाधिकारीलार्इ जानकारी नै नदिइ तत्कालिन कार्यकारी अधिकृत मिश्रले आफुखुशी रकम भुक्तानी गर्दा दुर्इ दिनमा ९३ लाख रूपैया ब्यापारीलार्इ भुक्तानी भएको देखिएको मेयर चौधरीले पत्रकार सम्मेलनमा आज जानकारी गराएका हुन ।
छानबिन समितिमा चन्द्र प्रसाद भट्टरार्इ , भगवानलाल साहु सुडी , रमेस प्रशाद चौधरी , इन्दिरा रार्इ , गणेश कुमार खत्री , र इटहरी उपमहानगरका प्रशासकिय अधिकृत गणेश कुमार खत्री रहेका छन ।
अहिले अख्तियारले छानविन गरीरहेको सन्दर्भमा उपमहानगरपालीकाभित्रै बाट बनेको समितिले न्यायीक काम गर्ला त भन्ने पत्रकारको प्रश्नमा मेयर चौधरीले अख्तियारको छानविन र समितिको काम गरार्इमा फरक रहेकोले कुनै शंका नगर्न अनुरोध पनि गरेका थिए । त्यसै गरी इटहरी उपमहानगरले शुक्रबार बिहाननै कार्यपालीकाको बैठक बसी सबै खरीद प्रकृयाहरू रद्ध गर्ने निर्णय गरेको छ ।
इटहरीका सबै वडाका लागि उपमहानगरले ९५ लाख रूपैया बराबरको ८५, ६५, ४५, ३० र १५ वाट (पावर क्षथिए) का बल्ब तथा सेटहरूको खरिद गरेको थियो ।सोही बल्व खरिदमा ६० लाख भन्दा बढी रकम भ्रस्ट्रचार भएको रहस्य सार्वजनिक भएको थियो ।
Post a Comment