Websoft University

तेह्रथुमका डेढ सय माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश

तेह्रथुम  कात्तिक २२ गते । रातो तारा डट कम,
तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प्रेम खापुङ्ग सहित तेह्रथुमका २५ बढी मतदाता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङका अनुसार सो अवसरमा पुर्वका विभिन्न जिल्लाका डेढ सय बढी माओवादी कार्यकर्ता माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य तथा तेह्रथुमबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार सीता गुरुङले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री रहनुभएकी कांग्रेस युवा नेतृ गुरुङलाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना समेत दिनुभयो । नेतृ गुरुङ चुनावी प्रचार प्रसार र मतदाताका घरदैलोसम्म पुग्न विहीबार गृहजिल्ला आउदै हुनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.