Websoft University

आफू नमरी आफ्नै नाममा धर्मशाला पाटी निर्माण


युवराज ठकुरी/सिंहदेवी,मोरङ, कार्तिक २३ गते ।
रातो तारा डट कम,केराबारी गाउँपालिका-२सिंहदेवी मोरङका एक बृद्धाले आफू नमरी नै आफ्नै नाममा धर्मशाला पाटी निर्माण गरिदिएका छ्न।
       
साविक सिंहदेवी-८,मोरङका ७६वर्षीय ब्रम्हचारी बाजे भनेर चिनिने बृजलाल नेम्बाङले  केराबारी बजारबाट सिंहदेवीसम्म हिडेर आउने बाटो भुडेसिमल भन्ने ठाउँमा बटुवाका लागि आराम होस भन्ने ठानेर धर्मशाला पाटी बनाइदिएका हुन।
 
बृद्दा भन्छ्न :- "आफू मरे पछि कस्ले देख्ने बरु बाचेकै बेला सबै बटुवाले सहजता महसुस गरोस भनेर पाटी बनाइदिएको हु! अब खोल्साबाट आफ्नै लगानीमा खानेपानी पनि ल्याइदिने धोको छ।"
           
आफ्नो आफन्तको मृत्यु पछि सम्झना स्वरुप यस्ता पाटी पौवा निर्माण गरिदिने चलन भए पनि उनले अनौठो चलन बसाइदिएकाले चर्चाको विषय बनेको छ।
   
वृद्दा पहिले देखि नै साविक सिंहदेवी-९,८,७वरिपरि झारफुक गर्ने गरेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.