अर्जुन जम्नेली राई-मोरङ, मंगसीर ५ गते । रातो तारा डट कम,नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का उमेद्वारहरुले लगातार आचार संहिता उलंघन गरेको भन्दै वाम गठबन्धनका कार्याकर्ताहरुले कारबाहीको माग गर्दै निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
कांग्रेसले प्रतिनिधिसभा सदस्यको लागि नोवेल अस्पताल विराटनगरका मालिक सुनिल शर्मालाई ३ नम्बर क्षेत्रमा उमेद्वार उठाएको छ । मनोनयन दर्ता भएपछि उक्त क्षेत्रमा निरन्तर रुपमा निशूल्क स्वास्थ्य शिविर चलाउदै आएका छन् ।
कानेपोखरी गाउँपालिका वडा नम्बर ६ मा गएराति नर्सरी र गुरुङ डाँडाको लागी बिजुलीको पोल वितरण र सडक ग्राबेलको लागि रातिराति मिक्स गिटी झार्ने गरेको भन्दै वाम गठबन्धनले विरोध जनाउदै आएका छन् ।
गएराति कानेपोखरी गापामा ना २ ख ९६१३ नम्बरको ट्रकबाट विजुलीको पोल झार्दै गरेको थाहा पाएपछि गठबन्धनका स्थानीय कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय पथरीलाई जानकारी दिएका थिए ।
यसरी कांग्रेस उमेद्वारहरुले रातिराति निर्वाचन आचार संहिता उलंघन गरको भन्दै उक्त कार्य रोक्न अनुरोध गर्दै आज निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी दर्ता गराएका हुन ।
वाम गठबन्धनको तर्फबाट गाउँ पालिका अध्यक्ष ताराबहादुर काफ्ले, एमालेका भोला अधिकारी, माओवादी केन्द्रका सुर्यबहादुर धिमाल र मनोज राजवंशी लगायतको उजुरी पत्रमा हस्ताक्षर रहेका छन ।
उजुरी पत्रमा आचार संहिता उलंघनको काम तत्काल बन्द नभए जनता आफैले प्रतिरोध गर्ने र त्यसको जिम्मेवारी राज्य तथा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिइएको छ ।
वाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका साझा उमेद्वार एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले यस अघि पनि मोरङ जिल्ला प्रमुख अधिकारी रामप्रसाद आचार्यलाई आचार संहिता उलंघन भइरहेको वारेमा जानकारी गराएका थिए ।
Post a Comment