Websoft University

पाँच वर्षमा काम गर्न नसके छोड्छु : खतिवडा


विराटनगर, कार्तिक २४ गते । रातो तारा डट कम,मोरङ क्षेत्र नं. १ का बाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार घनश्याम खतिवडाले निर्वाचित भएको ५ वर्षभित्रमा काम गर्न नसके आफूले पुनः जनप्रतिनिधिको रुपमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । विराटनगरमा शुक्रबार आयोजित उम्मेद्वारसँग पत्रकार कार्यक्रममा बोल्दै खतिवडाले भन्नुभयो, ‘म काम गर्नका लागि चुनावमा उठ्ने हो, काम गर्न सकिँन भने छोडिदिन्छु, तर पटक–पटक काम गर्न नसक्नेहरु उम्मेद्वार बन्नुहुँदैन ।’ उहाँले पछिल्लो पटक जनप्रतिनिधि भएकाले कुनै काम गर्न नसकेको आरोप लगाउँदै आफ्नो पालामा जनताले पुनः अनुमोदन गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘तमोर नदीको पानी सुरुङ मार्फत डाइभर्सन गरी चिसाङ खोलमा ल्याउने मेरो महत्वकांक्षी योजना छ’ खतिवडाले भन्नुभयो, ‘मैले जितें भने यो काम गर्छु ।’ ३ वर्षभित्रमा यो काम गर्न सकिने र मोरङ, सुनसरी, झापाको खेतियोग्य जमिनमा सिंचाई सुविधा प्रयाप्त हुने उहाँले बताउनु भयो । उहाँले क्षेत्रका सडक निर्माणदेखि पर्यटन क्षेत्रको विकासका लागि आफू क्रियाशिल हुने बताउनु भयो । कार्यक्रमा १ नम्बर क्षेत्रअन्तर्गत प्रदेश क का उम्मेद्वार तथा माओवादी केन्द्रका नेता कुशल लिम्बूले जनताले बामपन्थीहरुको जित चाहेको उल्लेख गर्दै एमाले र माओवादीको गठबन्धनले चुनाव जित्ने दाबी गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन तथा प्राकृतिक स्रोत साधनको उचित उपयोग र संरक्षणका लागि क्रियाशिल हुने लिम्बूले बताउनु भयो ।

क्षेत्र नम्बर १ मोरङको कर्णालीको रुपमा रहेको भएपनि स्रोत साधनका हिसावले जिल्लाकै अग्रभागमा आउने उहाँले बताउनु भयो । यस्तै प्रदेशसभा ख का उम्मेद्वार उपेन्द्र घिमिरेले पार्टीको घोषणापत्र अनुरुप काम गर्ने बताउँदै त्यस क्षेत्रका जनताको मत जित्नेगरी विकास निर्माणमा लागिपर्ने बताउनु भयो । तीनै उम्मेदवारले स्थानीय तह तथा माथिल्लो सरकारी निकायसँग समन्वय गरेर त्यसक्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने उहाँको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.