Websoft University

निर्वाचन सामग्रीसहित कर्मचारी खटाइए


चौतारा, मंगसीर ७ गतेछ । रातो तारा डट कम, पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले आजबाट कर्मचारी खटाएको छ । निर्वाचन प्रयोजनका लागि ६४ प्रकारका सामानसहित एक निर्वाचन केन्द्रमा मतदान र सहायक मतदान अधिकृत गरी आठ जनाका दरले कर्मचारी खटाइएको सूचना अधिकारी एवं प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

जिल्लामा १४४ मतदान स्थलमा २८५ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये ३१ मतदान स्थल संवेदनशील मानिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा कायम भएको जिल्लामा दुई हजार २८० कर्मचारी खटाइएको सो कार्यालयले जानकारी दिएको छ ।
महिलामैत्री मतदान केन्द्र
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ र ६ को चारवटा केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाइएको छ ।

वडा नं ६ गौरातीस्थित सीतादेवी आधारभूत विद्यालयमा दुई वटा मतदान केन्द्र कायम भएको छ । (क) केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र (ख) केन्द्रमा इञ्जिनियर मैना राईलाई मतदान अधिकृतका रुपमा खटाइएको छ । वडा नं ५ कुविण्डेको देउरालीस्थित कालीदेवी माध्यमिक विद्यालय (क) केन्द्रमा महिला विकास अधिकृत सीता अधिकारी र (ख) केन्द्रमा विद्यालय स्रोत व्यक्ति खिकादेवि नेपाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.