अर्जुन जम्नेली राई-मोरङ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेपाली कांग्रेसले विकासमा बाधा पु¥याएको आरोप लगाउदै स्थयी सरकारको लागि वाम गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् ।
आज मोरङको ३ नम्बर क्षेत्र अन्तरगत पथरीशनिश्चरे—१० को डाँसखोला किनारको सुकुम्बासी वस्तिमा आयोजित सभालाई सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन् ।
एमाले नेता अधिकारीले आफू उपप्रधान र अर्थमन्त्रीहुदा विकासको लागि योजनाहरु निर्माण गरेपनि कांग्रेसले सरकार ढालेर जनताको काम गर्नै नदिएको आरोप लगाए ।
आफू अर्थमन्त्रीहुदा ‘आफ्नो गाउँ आफै बनाउ’ अभियान, बृद्ध भत्ता वितरण लगायतको कार्यक्रम ल्याएको भन्दै नेपालको दीर्घकालीन विकासको लागि स्थायी सरकार बनाउन वाम गठबन्धनलाई भोट दिनुपर्ने बताए । नेपाली कांग्रेसले पटक पटक बहुमतको सरकार बनाएपनि जनताले चाहेअनुसारका विकास नभएको समेत अधिकारीको आरोप थियो ।
भरतमोहन अधिकारी २०५१ र ०५६ सालमा सोही क्षेत्रबाट सांसद जितेर उपप्रधान र अर्थमन्त्री बनेका थिए । मोरङ—३ मा अहिले वाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल प्रतिनिधिसभा र प्रदेशतर्फ ३(क)मा माओवादी केन्द्रकी गीता तिम्सिना तथा (ख)बाट एमालेका राजकुमार ओझा प्रत्यक्ष उमेद्वार रहेका छन् ।
आज आयोजित घरदैलो कार्यक्रमसँगै विभिन्न स्थानमा भएको कोणसभाहरुमा प्रत्यक्ष तथा समानुपातिक उमेद्वारहरु, निवर्तमान सांसद चण्डिप्रसाद राई लगायतले मन्तव्य राखेका थिए ।
Post a Comment