Websoft University

मोरङ क्षेत्र नम्बर ६ को संयुक्त सांस्कृतिक टोली गठन


बिराटनगर कार्तिक २२ गते । रातो तारा डट कम,मोरङ क्षेत्र नम्बर ६ का बाम गठबन्धनका उमेदवारलाई जिताउन साहित्य क्षेत्रका व्यक्तिहरु एकजुट भएर लागेका छन् ।

मंगलबार मोरङको सुन्दरहरैचा स्थित साजिलाल माविमा भएको एक भेलाले ११ सदसीय समूह गठन गर्दै बाम गठबन्धनका उम्मेदवारहरु विजय गराउन प्रचार अभियानमा जुट्ने निर्णय गरेको हो । प्राज्ञ खेम नेपालीको अध्यक्षतामा र कुशेश्वर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शिवनारायण पण्डित ‘सिंगल’को संयोजकत्वमा ११ सदसिय सांस्कृतिक टोली ठगन गरिएको हो । समितिको सह संयोजक गोकुल न्यौपाने छन् भने सदस्यहरुमा प्रदिप लम्साल, दिपेन्द्र शर्मा, दिपक अधिकारी, सरोज आचार्य, टिकाराम जमरकट्टेल, रमेश आचार्य, पोष्ट कुमार श्रेष्ठ, अमिरलाल उराउँ, टेकमणि वस्ति रहेका छन् ।

गठित समितिका संयोजक सिंगलले गठित समिति क्षेत्रभर कविता गित गजल मार्फत बाम गठबन्धनका उम्मेदवारको चुनावी प्रचारमा जुट्ने बताए ।

यसैबिच मोरङको क्षेत्र नम्बर १ अन्तर्गत लेटाङ साहित्यीक सांस्कृतिक टीम पनि बाम गठबन्धनका उम्मेदवार विजयी गराउन जुटेको छ । जीवन पौडेलको संयोजकत्वमा ९ सदसिय समिति गठन गरि एक जुट भएको हो । समितिको सहसंयोजक लोब बहादुर सुवेदी तथा सदस्यहरुमा गणेश पौडेल, खेम नेउपाने, सन्त राई , धनजीत तामाङ, दुर्गा वि.क.लगायतक छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.