किशोर विश्वकर्मा - विराटनगर, मंशिर ८ गते ।
रातो तारा डट कम,मोरङ–२ मा बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार–प्रसार आक्रामक बनाएका
छन् ।
सो क्षेत्र अन्तर्गत मोरङको रतुवामाई नगरपालिका वडा न–८ का विभिन्न स्थानमा बाम गठबन्धनका लोक पृय स्थानीय नेता ऋषिकेस पोखरेलले चुनावी प्रचार–प्रसार, र घरदैलो तथा कोणसभा जस्ता कार्यक्रम गर्दै चुनावी अभियानलाई यश बेला तीब्रता दिईरहेका छन।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उक्त नगरपालिकाको वडा न–८ स्थित झुनाबारी मिलनचौकमा आज संयुक्त कोण सभा गरिएको छ ।
कोणसभामा बोल्दै बाम गठबन्धनका साझा प्रतिनिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले समाज बलियो भएमात्र क्षेत्रको समग्र विकास हुने बताउदै समाज वलवान बनाउन स्थानिलाईनै मत दिएर जिताउनुपर्ने बताए ।
उनले स्थानिय उम्मेदवारले मात्र स्थानिय स्तरका तमाम समस्या बुझ्ने भएकाले आफु सोहि क्षेत्रको माटोमा हुर्किएको बताउदै निर्वाचनमा आफुलाई मत दिएर निर्वार्चीत गराउन पनि अपिल गरे ।
नेकपा एमाले मोरङका सचिव तथा तत्कालिन क्षेत्र नं. १ का पुर्व सांसद समेत रहेका नेता पोखरेलले नेपाली कांग्रेसले स्थानिलाई उम्मेदवार नबनाइ काठमाण्डौँ बस्ने व्यक्तिलाइ उम्मेदवार बनाएर स्थानिय कांग्रेस कार्यकर्ता माथि जमिन्दारी प्रवृति देखाउन खोजेको आरोप लगाए ।
उनले कांगे्रसले स्थानिय नेता कार्यकर्तालाई उम्मेदवार बनाउनको साटो पर्यटकलाई उम्मेदवार बनाएर थ्यानिय कांग्रेस समर्थकलाई नेता हुनबाट बञ्चीत गराउदै आएकाले पर्यटक उम्मेदवारलाई परास्त गरेमात्र स्थानिय नेता बन्ने दावी गरे ।
यस्तै आजै्र सोहि वडाको कोइलिडाँगिमा पनि चुनावीसभा गरिएको छ । सो अबसरमा बोल्दै उम्मेदवार पोखरेलले ०७० सालको निर्वाचनमा आफुलाई जनताले सविधान बनाउने म्यान्डेड दिएर निर्वाचीत गराएपनि २२ वर्षमा कांग्रेसले गर्न नसकेको काम आाफुले ३ वर्षको अवधिमा गरेको दावी गरे ।
चुनावी सभा तथा घरदैलोमा हजारौँ बाम गठबन्धन समर्थकहरुको सहभागिता रहेको थियो ।
Post a Comment