Websoft University

सिंहदेवी मोरङको एक युवाले ससुराली घरमा गरे आत्महत्या


बिराटनगर कार्तिक १६ गते । रातो तारा डट कम,
केराबारी गाउँपालिका-२सिंहदेवी समितेनका चन्द्रकुमार लिम्बुको २६ वर्षीय छोरा मानबहादुर लिम्बूले आफ्नो ससुराली घरमा झुन्डिएर आत्महत्या गरेका छन।

२०७३असोजमा बिहे गरे पछि ससुराली घर बस्दै आएको मानबहादुरले विहे गरेको १वर्ष नवित्दै सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेका हुन।घरमा श्रीमती सग झगडा पनि नभएको कसैसग नि केही विवाद नभएको कुराले के कति कारणले आत्महत्या गरेको खुल्ल नसकेको इलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ।

झुन्डिएर आत्महत्या गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय केराबारीबाट आएको टोलीले पोष्टमार्टमका लागि विपि क्याम्प लगिएको छ।

कतै जाने खबरै नगरी घरबाट हिडेका श्रीमान राती अबेर मात्र घरआएको खाना पनि नखाइ सुतेको र बिहान खाजा खान उठाउदा नउठेपछि हसियाले ढोका खोलेर हेर्दा झिन्डिएको अबस्थामा देखेपछि गाउलेहरूलाई बोलाएको श्रीमती बममाया लिम्बूले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.