विराटनगर, पुस ७ गते । रातो तारा डट कम, विराटनगरमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले विविद्य कार्यक्रम आयोजना गरी दोस्रो वार्षिक उत्सव मनाउने भएको छ . हस्पिटलले आउँदो ९, र १० गते हस्पिटल परिसरमा भव्य कार्यक्रम आयोजना गरी दोस्रो वार्षिक उत्सव मनाउने भएकोछ ।.
हस्पिटलले विराटनगरमा सुक्रवार पत्रकार सम्मेलन गरी वर्षिक उत्सवको अवसर पारेर १० गते निःसुल्क हाडजोर्नी एवम् नशा सम्बन्धीको शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।
‘विशेषज्ञ चिकित्सवहरुबाट स्वास्थय परिक्षण राम्रो संग हुँन्छ, हस्पिटलका अध्यक्ष अधिकारीले भने, ‘स्वास्थ्य परीक्षण गरी लाभ लिनुहोला भन्दै सबैलाई अनुरोध समेत गरेका थिए । उक्त शिविरमा काठमाण्डौबाट विशेषज्ञ चिकित्सवहरु आउने उनेल जानकारी दिए .
हस्पिटलले विशषेज्ञहरुबाट स्वास्थय परीक्षण, विरामी जाँच तथा परार्मश, अन्तरंग एवं बहिरंग सेवा, प्राकृतिक चिकित्सा, फिजियोथेरापीलगायतको सेवाहरु हाल सञ्चालन रहेको छ .
Post a Comment