Websoft University

सुरक्षा रणनीति परिमार्जन गरिने

काठमाडौँ, मंसिर १६ गते । रातो तारा डट कम,
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिकोे बैठकले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूले हरसम्भव सबै उपाय अवलम्बन गर्ने र सुरक्षा रणनीति तथा कार्यनीतिमा आवश्यकताअनुसार परिमार्जन गरी अघि बढ्ने निष्कर्ष निकालेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बैठकमा निर्वाचनमा शान्ति सुरक्षालाई सुदृढ बनाउन, मतदातालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, मतदान केन्द्रित सुरक्षालाई चुस्त बनाउन र मतपेटिका ढुवानीमा सजगता अपनाउन सुरक्षा निकायहरूले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

निर्वाचन आयुक्त इला शर्माले निर्वाचनमा सुरक्षा प्रबन्धलाई बलियो बनाउनेतर्फ सुरक्षा निकायहरूको ध्यान केन्द्रित हुनु पर्ने बताउनुभयो ।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन समन्वयका साथ कार्य गर्न चारवटै सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनमा आम मतदाताले भयमुक्त भएर भोट हाल्ने वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चारवटै सुरक्षा निकायहरु परिचालित भएको बताउनुभयो ।

बैठकमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद नागिला, नेपाली सेनाका उपरथी शरद गिरी, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मी सहभागी हुनुहुन्थ्यो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.