Websoft University

कांग्रेस उमेद्वार शर्माले आचार संहिता उलंघनको - फरक फरक रूप अपनादै


पथरी, मंसिर १५ गते । रातो तारा डट कम,
मोरङको ३ नम्बर क्षेत्रको नेपाली कांग्रेस
उमेद्वार सुनिल शर्माले फरक फरक सैलीमा निर्वाचन
आचारसंहिताको दुहाइ दिदै आएका छन् ।
बिहिबार पथरीमा खिरको भोज र नगद वितरण गरेर
आचारसंहिता उलंघनको घट्ना दोहो¥याएका हुन ।
पथरीशनिश्चरे नगरका बृद्धाबृद्धालाई सम्मानको नाममा पथरी
चोकमै करिव दुई सयभन्दा बढी जनालाई खिर वितरण
गरेकाहुन् ।

उमेद्वार शर्मा आफै उपस्थिति भएर बृद्धबृद्धालाई खिर
वितरण र यातायात खर्चभन्दै नगद समेत वितरण गरेका हुन् ।
बृद्धबृद्धाह?लाई पहेलो खादा लगाइदिदै उमेद्वार शर्माले
नोवेल अस्पतालले उपचार समेत निशूल्क गरिदिने बताए ।


शर्माले कहिले अस्वभाविक हिसावको स्वास्थ्य शिविर चलाएर, कही विद्युतको पोल वितरण गरेर, कही सडक ग्रावेल र पिच गरिदिएर त कतै सडक निर्माणको लागि डोजर दिएर आचारसंहिताको उलंघन गर्दै आएका छन्।

विहिवारै पथरीशनिश्चरे—७, किरात चौकमा निशुल्क सडक निर्माण गरिदिएर आचारसंहिता उलंघनको घट्ना
बढाएका छन् । निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयल प्रमुख प्रेमप्रसाद संजेलले उमेद्वार शर्मालाई कार्यालयमै
बोलाएर स्पष्टीकरण लिएको, ३ नम्बर क्षेत्रीय कार्यालयले
तारिका राखेको बताए ।

यद्यपि निर्वाचनको निर्देशन र स्पष्टीकरणलाई वेवास्था गर्दै शर्माले भने निरन्तर आचारसंहिता उलंघन गर्दै आएका छन् ।
प्रयोजनको लागि निशूल्क स्वास्थ्य शिविर चलाएको भन्दै
उजुरी परेपछि विशेष अदालत पाटनले शिविर नचलाउन आदेर जारी गरेको छ ।

केही दिन अघि सोही क्षेत्रको कानेपोखरी गाउँपालिकामा विद्युतको पोल झारेको, पथरीशनिश्चरे,बेलबारी नगरपालिका लगायतका विभिन्न वडाह?मा सडक निर्माण समाग्रि वितरण लगायतको संहिता उलंघनको काम छाडेका छैनन्।

शर्माले आचारसंहिता उलंघन गरेको प्रति वाम गठबन्धनले
विरोध जनाउदै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.