Websoft University

तीन केजी गाँजासहित एक व्यपारी पक्राउ


रबिन्द्र बराल-उदयपुर, पुस ६ बिहीबार ।रातो तारा डट कम, उदयपुरमा लागू औषध गाँजासहित एक व्यपारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ स्थित  पिकनि स्पोर्ट नजिकैको ढिम्की गाउँमा अन्दाजी तीन केजी गाँजासहित ३२ वर्षिय व्यपारी प्रेमबहादुर राई रंगेहात पक्राउ परेका छन् ।

स्थानीय एक व्यक्तिको घरमा लुकाईछिपाई गाँजा लगायतका लागूऔषध विक्री वितरण गरेको सुराकीको आधारमा छापामार्दा रंगेहात पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले बताए । खोटाङ स्थायी घर भई सो ठाउँमा डेरागरी बस्ने राईले कोठामै गाँजा लुकाएर विक्री गर्ने गरेको पाइएको एसपी भट्टले बताए ।

लागूऔषध नियन्त्रण तथा अवैध मदिरा नियन्त्रण विशेष अभियानमा अन्तर्गत राईलाई पक्राउ गरिएको एसपी भट्टले बताए । प्रहरीले छापामार्ने क्रममा कोठाभित्रकै दराजभित्र लुकाएको अवस्थामा दुई पोका र घर पछाडि दाउराले छोपेर राखेको अवस्थामा एक पोका गाँजा बरामद गरेको थियो ।

पिकनिक स्पोर्ट नजिकैको उक्त घरमा गाँजा किनेर खाने तथा कोरेक्स लगायतका अन्य लागूऔषध समेत विक्री वितरण गर्ने र सेवन गर्ने गरेको पत्ता लागेपछि सादा पोसाकका प्रहरीहरु परिचालन गरी निगरानी बढाएपछि राई रंगेहात पक्राउ परेको एसपी भट्टले बताए । लागूऔषध कारोवार हुने गरेको र ब्यापारी समेत पत्ता लगाएपछि प्रहरी प्रमुख एसपी नवराज भट्ट, प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलसहितको टोली पुगेर रंगेहात पक्राउ गरेको थियो ।

पक्राउ व्यक्तिको आचरणलाई बुझ्दा कारोवारमा उनीमात्र नभई उनलाई परिचालन गर्ने अथवा सहयोगीहरु अन्य केही व्यक्तिहरुसमेत हुनसक्ने प्रहरीको भनाई छ । सोही किसिमले अनुसन्धान गर्दै पक्राउ परेका राई उपर कानूनी कारवाही चलाउने एसपी भट्टले बताए ।

उदयपुरमा लागूऔषध प्रयोगकर्ता धमाधम पक्राउ पर्न थालेपछि केहीमात्रामा कमी आएपनि विक्रेतासम्म पुग्न गाह्रो भईरहेको एसपी भट्टले बताए । एसपी भट्ट यस जिल्लामा आएसंगै लागूऔषध प्रयोगकर्ता र कारोवारी गरी ५० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.