काठमान्डौ, पुस ६ गते। रातो तारा डट कम,
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १ नं प्रदेशको राजधानीका लागि विराटनगर उपयुक्त भएको बताउनु भएको छ । राजधानी विराटनगर हुनुपर्ने माग सहित विराटनगरबाट पुगेको एक टोली संगको भेटमा उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष प्रचण्डले राजधानी बनाउने कुरामा पहिलो हक विराटनगरको लाग्ने बताउनु भएको छ । उहाँले विराटनगर ऐतिहासिक ,राजनैतिक र विकासको हिसावले उपयुक्त रहेको बताउनु भयो ।
१ नं प्रदेशका प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगरका मेयर भीम पराजुली ,माओवादीका युवा नेता तथा प्रचण्डका ज्वाई जीवन आचार्य,नेपाली कांग्रेस काठमान्डौ मोरङ सम्पर्क समितिका उपाध्यक्ष टायम कट्टेल,कांग्रेसका युवा नेता सानुवावु महर्जन लगायत प्रदेशको राजधानी विराटनगर हुनुपर्ने मागसहित बुधवार काठमान्डौ स्थित प्रचण्ड निवास पुग्नु भएको थियो ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले विराटनगर १ नम्बर प्रदेशको राजधानी हुने र पहिलो हक विराटनगरकै रहने धारणा व्यक्त गर्नु भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।
Post a Comment