उर्लाबारी, मंसिर १५ गते । रातो तारा डट कम,
एमाले–माओवादीको पक्षमा मोरङ क्षेत्र नं. १ मा जनलहर आएको छ । बामगठवन्धनले प्रतिनिधीसभा तर्फको क्षेत्र नम्वर १ मा एमालेका प्रदेश सदस्य घनश्याम खतिवडा, प्रदेश तर्फ क्षेत्र नम्वर १ को (क) मा माओवादीका कुलप्रसाद साम्बा (कुशल लिम्बू) र (ख) मा एमालेका उपेन्द्र घिमिरे चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
वाम गठवन्धनका उम्मेदवारहरु अहिले चुनावी अभियानका क्रममा घरदैलो, चुनावी सभा, पार्टीका संयुक्त वैठक लगायतका कार्यक्रममा ब्यस्त बनिरहेका छन् । शुक्रबार मोरङ क्षेत्र नं. १(क) वाम गठबन्धनका साझा उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले उर्लाबारी वडा नं. ४, ५ र ६ का चुनाबी सभा तथा घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै वाम गठबन्धनलाई जिताउन अपिल गरेका छन् ।
वाम गठवन्धनको पक्षमा जनलहर सिर्जना भएको उनले उल्लेख गरेका छन् । देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्र्नेमा उनको जोड छ । स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको उनको धारणा छ ।
कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङ, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेबी भण्डारीलगायतको उपस्थिति रहेको थियो । यसैबीच वाम गठबन्धन वडा निर्वाचन परिचालन कमिटीले प्रत्येक वडाहरुमा घरदैलो गर्दै वामपन्थी गठबन्धनलाई जिताउन अपिल गरिरहेको छ ।
यस्तै, युवा, बिद्यार्थी, महिला, मजदुरलगायत सबै जनवर्गीय संगठनहरु स्थायी सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई जिताउने अभियानमा सक्रियपूर्वक लागेका
छन् ।
Post a Comment