रबिन्द्र बराल-बिराटनगर पुस ६ गते । रातो तारा डट कम,
बागलुङको जैमिनी नगर पालिका वडा न. ४ सर्कुवामा माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते हुनु भएको छ ।
घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले बताएको छ ।
सोही स्थानकी तारा सुनार घाइते हुनु भएको छ । देब्रे हातमा चोट लागेकी सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ । उहाँकोे अवस्था सामान्य रहेको बताइएको छ ।
मृतक सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ ।

Post a Comment